सांग्रिला मोटर्सको ‘ह्वील्स अफ सेलिब्रेसन्स’ सुरू, गाडी बुक गर्नेलाई सोल्टीमा ‘स्टे’ उपहार

काठमाडौं । सांग्रिला मोटर्स प्रालिले आज (भदौ १८ गते)देखि ‘ह्वील्स अफ सेलिब्रेसन्स’ कार्यक्रम सुरू गरेको छ ।

कम्पनीले काठमाडौंको उत्तरढोका रहेको शोरुममा उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २२ गतेसम्म संचालन हुने उक्त कार्यक्रममा कम्पनीले गाडीप्रेमीका लागि अन्तरक्रियात्मक गतिविधि र विशेष अफरहरू ल्याएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा सहभागी हुनेले लिपमोटर, सिट्रोन र पूजोका नयाँ मोडलका गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पाउने छन् । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ ।

साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्यांकन गराउन वा एक्सचेन्ज गर्न सक्ने सुविधा पाउने छन् ।

कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ, जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ ।

कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइने कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ह्वील्स अफ सेलिब्रेसन्स ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम रहेको बताए । ‘ह्वील्स अफ सेलिब्रेशन्स हाम्रो ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम हो। टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,’ उनले भने ।


Back_to_top