अगस्टमा १५५ प्रतिशतले बढ्यो ईभी बिक्री, टप फाइभमा कुन-कुन ?

काठमाडौं । भारतीय बजारमा विद्युतीय कार (ईभी)को बिक्रीमा उछाल आएको छ । सन् २०२४ को अगस्टको तुलनामा २०२५ को सोही महिनामा ईभी बिक्री १५५ प्रतिशतले बढेको हो ।

भारतीय बजारमा सन् २०२४ को अगस्टमा ६ हजार ७८७ युनिट ईभी बिक्री भएकामा यस वर्ष सोही महिना १७ हजार २९८ युनिट बिक्री भएको हो ।

भारतीय बजारमा यो वर्षको ८ महिनामा कुल १ लाख ८ हजार ७५१ युनिट इलेक्ट्रीक भेहिकल बिक्री भइसकेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशत धेरै हो । गत वर्ष ८ महिनामा ६५ हजार ५८३ ईभी बिक्री भएको थियो ।

अगस्ट महिनामा भारतीय बजारमा धेरै ईभी बिक्री गर्ने ब्राण्डमा टाटा मोटर्स पहिलो स्थानमा छ । टाटाले यस महिना ७ हजार ८८ युनिट ईभी बिक्री गरेको हो । त्यस्तै, दोस्रोमा एमजीले ४ हजार ७५९ युनिट ईभी बिक्री गरेको छ । तेस्रो नम्बरमा महिन्द्राले ३ हजार ४९५ युनिट ईभी बिक्री गर्न सफल भएको छ ।

चौथोमा हुन्डाईले ५८४ युनिट, पाँचौंमा बीवाइडीले ४४७ युनिट, छैटौंंमा कियाले ४४१ युनिट र सातौंमा बीएमडब्लूको ३६२ युनिट ईभी बिक्री भएको छ ।


Back_to_top