काठमाडौं । बीएमडब्ल्यू मोटरसाइकलको आधिकारिक वितरक टर्क मोटर्सले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले बीएमडब्ल्यु मोटरसाइकलमा नगद छुट योजना ल्याएको हो ।
कम्पनीले जि ३१० आरमा ६५ हजारसम्म र जि ३१० जीएसमा नगद ५० हजार फ्ल्याट छुट स्कीम ल्याएको छ ।
कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा दुई प्रकारको छुट दिएको छ । ग्राहकले छानेर एक मात्र अफर लिन सक्नेछन् । कम्पनीले नगद ५० हजार वा डिस्काउन्ट प्याकेज लिन सक्नेछन् । प्याकेजमा कम्पनीले १ वर्षको इन्स्योरेन्स, फुल हेलमेट, बीएमडब्ल्यु अफरोड ट्रेनिङ र ३ वर्षको सर्भिस निशुल्क रहेको छ । टर्क मोटर्सले नेपालमा जि ३१० आर र जि ३१० जीएस बिक्री गरिरहेको छ ।
दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।
जी ३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी ३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।
विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेको पाइन्छ ।
कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन कर अप्सनमा उपलब्ध छ । जी ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ लाख ७५ हजार, कस्मीक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै जी ३१० जीएसको र्याली स्टाइलको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र ह्वाइटको मूल्य १४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

