काठमाडौं । गण्डकी मोटर्स प्रालीले अत्याधुनिक सुविधा सम्पन्न टीभीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले पोखराको पस्र्यागमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
टीभीएस मोटरसाइकलको आधिकारिक डिलर गण्डकी मोटर्सले पोखराकै सबैभन्दा ठुलो दावी गरेको छ । यो सर्भिस सेन्टर १४ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको कम्पनीले जनाएको छ ।
यस सर्भिस सेन्टरमा दक्ष टेक्निसियन, लक्जरी ग्राहक कक्ष, पर्याप्त पाकिङ क्षमता, दुर्घटनामा परेको मोटरसाइकलको अगल कोठा जस्ता सुविधा पाउन सकिन्छ ।
उक्त सर्भिस सेन्टर उद्धघाटन समारोहमा वाडाका अध्यक्ष मोहन बहादुर खड्का, जगदम्वा मोटर्सका सिइओ दिपक अग्रवाल, भाइस प्रेसिडेन्ड दिपक रौनियार लगायतको उपस्थिती रहेको थियो ।

