बीएमडब्लू ‘एक्स-७’ नेपालमा, मूल्य र फिचरले तान्ला धनाढ्यलाई ?

काठमाडौं । लक्ष्मी प्रिमियमले बीएमडब्लू ‘एक्स-७’ मोडल नेपाली बजारमा ल्याएको छ । लग्जरी ब्राण्डको निकै प्रिमियम मोडल एक्स-७ धेरै देशका राष्ट्र प्रमुखहरूको सवारीमा प्रयोग हुँदै आएको मोडल हो ।

सन् २०२० देखि नेपाली बजारमा बीएमडब्लूका गाडी बिक्री गर्दै आएको लक्ष्मी प्रिमियमले पछिल्लो पटक नेपाल ल्याएको ‘एक्स-७’ मोडलको मूल्य झण्डै ७ करोड रुपैयाँ पर्छ । विशेषगरी ठूला व्यवसायीको रोजाइमा पर्ने यो सिरिजले नेपालमा कस्तो व्यापार गर्छ, त्यो अहिल्यै भन्न सकिँदैन ।

बीएमडब्लूले यसमा २१ इन्चको ह्वील दिएको छ । निकै कम तौल रहेको ह्वीलमा वाई आकारको स्पोक दिइएको छ । बीएमडब्लूको क्रिष्टल लाइट, किडनी ग्रिल र परिचित हेडलाइट ग्राहकले यसमा पाउने छन् ।

कम्पनीले यसमा ३.० लिटर इनलाइन सिक्स सिलिण्डर ट्वीन टर्बो इन्जिन दिएको छ । यसअघिका सिरिजमा प्लगइन हाइब्रिड इन्जिन भए पनि एक्स-७ मा ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिन दिइएको छ । यसमा ८ स्पीड स्पोर्टस् अटोमेटिक गियरबक्स उपलब्ध छ । साथै, म्यानुअल सिफ्ट र स्पोर्टस् मोड उपलब्ध गाडीको स्टेरिङ ह्वीलमै प्याडल सिफ्टर दिइएको छ ।

निकै लाइट वेट रहेको यो एसयूभीमा पर्फर्मेन्ससँग जोडिएका फिचरको लामोसूची पाउन सकिन्छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक छ । ड्यासबोर्डमा काठको फिनिसिङ पाउन सकिने छ । म्युजिकको लागि हर्मन कार्डनको ४६४ वाटको १६ वटा स्पिकर, एम्बियन्ट एयर प्याकेज, एम्बियन्ट लाइट, बीएमडब्लू जेक्चर कन्ट्रोल, निकै आरामदायी प्रिमियम सिट पाउन सकिन्छ ।

चालक र यात्रुको सुविधालाई विशेष ध्यान दिएर तयार पारिएको यसको क्याबिनमा प्रयोगकर्ताले कुनै गुनासो गर्न नसक्ने गरी तयार भएको बताइन्छ ।


Back_to_top