‘बीवाइडी ड्राइभ टु डिस्कभर’ कार्यक्रम सम्पन्न

काठमाडौं । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाइडी ड्राइभ टु डिस्कभर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो एटो-थ्री २०२४ मोडलको मिडिया ड्राइभ सम्पन्न गरेको हो ।

नेपालमा सर्वाधिक सफल एटो-थ्री एसयूभीको नयाँ भर्सन २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको प्रत्यक्ष अनुभव मिडियाकर्मीलाई दिन उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । बीवाइडी ड्राइभ टु डिस्कभर काठमाडौँका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्म यात्रा गर्दै समापन गरिएको थियो ।

कम्पनीले उपत्यका भित्रकै ड्राइभमा पनि गाडीको बहुउपयोगी क्षमता देखाउन उकालो, समथर र अफरोड बाटाहरूमा चलाउन मिल्ने रुट तय गरेको थियो । नक्सालमा रहेको बीवाइडी शोरूमबाट सुरू भएको ड्राइभ भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोडहुँदै शिवपुरी हाइवेबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो ।

बीवाइडीको चर्चित ब्लेड ब्याट्री प्रयोग भएको स्पोर्टी एसयूभी ३.० प्लेटफर्ममा बनेको हो । यसको इन्टेरियर र एक्सटेरियर दुबै नेपाली उपभोक्ताले खुबै मनपराएका छन् ।


Back_to_top