इग्निट्रान मोटोकर्पले भारतमा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याएको छ । कम्पनीले एआईमा आधारित नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो ।
इग्निट्रान एक स्टार्टअप कम्पनी हो । सवारीसाधन मोडिफाइडका लागि प्र्रख्यात रहेको एग्निट्रानले साइवर्ग ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
कम्पनीले तयार पारेको यो इलेक्ट्रीक मोटरसाइकल ‘बब्ब-इ’ आर्कषक डिजाइनमा आएको छ । कम्पनीले यो मोटरसाइकल आर्टिफिसियल इन्टेलिजेन्स सहित उच्च सेफ्टी फिचर दिएर निर्माण गरेको जनाएको छ ।
कम्पनीले निर्माण गरेको बब्ब-इ मोटरसाइकलमा २.८८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यसलाई एक पटक फुल चार्ज गरेर ११० किलोमिटर गुडाउन सकिन्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता ८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यस मोटरसाइकलमा बाइक जियोफेसिङ, ब्याट्रीको अवस्था थाहापाउने, यूएसबी चार्जर, ब्लुटुथ कनेक्टिभिटी, कि-लेस इग्निशन जस्ता फिचर रहेको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
तीन फरक फरक राइडिङ मोड र क्रुजर कन्ट्रोल जस्ता फिचरसमेत उपलब्ध रहेको यस मोटरसाइकलसँग १५ एम्पीयरको फास्ट होम चार्जर पाउन सकिने छ ।
‘बब्ब-इ’ इलेक्ट्रीकको अगाडि टेलिस्कोपीक सस्पेन्सन र पछाडि एड्जष्टेएवल मोनोसक सस्पेन्सन दिइएको छ ।

