यी ७ बलिउड अभिनेता जो सुपर बाइकमा सयेर गर्न रूचाउँछन्

काठमाडाैं । बलिउड अभिनेताहरुसँग विश्वमा बनेका सबै उत्कृष्ट कम्पनीका चर्चित कारका कलेक्सन रहेको छ । तथापि सोखको लागि केहि कलाकारहरु कहिले काहि बाइकमा बाटोमा देखिने गर्छन् । यहाँ केहि बलीउड अभिनेताहरुको सुपर बाइकको चर्चा गरिएको छ । 

शाहिद कपूर 

शाहिद कपूरले अमेरिकन कम्पनी हार्लेडेविडसनको फ्याट ब्वाय मोटरसाईकल चड्छन् । यो मोटरसाईकलको भारतमा १७ लाख ५० हजार पर्छ । १७४५ सीसी ईन्जन, ६ गियर रहेको यो मोटरसाइकलको अधिकतम स्पिड १७५ किमि प्रतिघण्टा रहेको छ । 

विवेक ओभरोय

इटालियन मोटरसाइकल कम्पनी डुकाटीले बनाएको डुकाटी १०९८ विवेक ओभरोयले चड्ने बाईक हो । यसको मुल्य भारतमा २५ लाख रहेको छ । १०९९ सीसी इन्जिन रहेको यो बाइक अधिकतम १९० किमिप्रति घण्टाको स्पिडमा गुड्छ । 

संजय दत्त

संजय दत्तपनि डुकाटी बाईक नै चड्न मन पराउँछन् । उनीसँग डुकाटी मल्टीस्ट्राडा मोडलको बाईक रहेको छ । जुन उनलाई अर्का बलिउड अभिनेता साहरुख खानले उपहार दिएका हुन् । ११९८ सीसी इन्जिन रहेको यो बाइकको भारतीयबजार मूल्य १६ लाख ४६ हजार रहेको छ । यो बाइक  ३.६ सेकेण्डमा १०० किमिको स्पिडमा गुड्न सक्छ । 

सुसान्त सिंह राजपुत

भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारीत एमएस धोनीबाट चर्चा कमाएका  सुसान्तपनि बाईकका पारखी हुन् । उनी जर्मन कम्पनी बिएमडब्लुले बनाएको बिएमडब्लु केवान ३०० आर बाईक चलाउछन् । १३०० सीसी इन्जिन रहेको यो बाइकको भारतमा मूल्य २६ लाख रहेको छ । 

जोन इब्राहिम

बाइक रेसको दुष्यहरु राखिएको बलिउड चलचित्र रेशमा धेरै बाईक रेश गरेका जोन इब्राहिम बाइकका सोखिन हुन् । उनको कलेक्सनमा धेरै मोडेलका बाइकहरु रहेका छन् । यामाहा बाइकको ब्राण्ड एम्बेस्डरसमेत रहेका जोनसँग इटालीयन कम्पनी अप्रिलाको आरयस भी ४ बाईक पनि रहेको छ । यो बाईकमा ९९९ सीसीको इन्जिन रहेको छ, जसको अधिकतम गति २९० किमि प्रतिघन्टा रहेको छ । यसको मुल्य २५ लाख ६८ हजार रहेको छ । तर, जोनलाई भने यो बाइक कम्पनीले उपहारमा दिएको हो । 

आर माधबन

अमेरिकन कम्पनी इन्डियन ब्राण्डको मोटरसाइकल आर माधबनले चड्ने गरेका छन् । जुन इन्डियन रोडमास्टर इलाईट मोडल हो, जसको भारतमा मुल्य ३७ लाख रहेको छ । आफ्नै कस्टुम डिजाईन अर्डर गर्न सकिने यो बाईकको ट्याङ्कीमा २३ क्यारेटको सुनको जलप लगाइएको हुन्छ । यो एक टुरिङ्ग बाईक हो, यसमा १८११ सीसीको पावरफुल इन्जिन रहेको छ । 

सलमान खान

बलिउड सुपर स्टार सलमान खान जापनीज ब्राण्ड सुजुकी इन्ट्रडर एम १८०० आर चलाउछन् । यो बाइकमा १७८३ सीसीको इन्जिन रहेको छ, जसको अधिकतम गति २१० किमि प्रति घन्टा हो  । सुजुकीका ब्रान्ड एम्बेस्डरसमेत रहेका सलमान खानलाई यो बाईक कम्पनीले उपहारमा दिएको हो, जसको भारतीय बजार मुल्य १७ लाख ६० हजार रहेको छ ।  सुजुकी मोटरसाइकल इन्डियाले यहि बाईकबाट प्रभावित भएर भारतमा इन्ट्रोडुवर १५० बनाएको छ, जुन नेपाली बजारमा पनि हालै मात्र भिजी सुजुकीले उपलब्ध गराएको छ । 


Back_to_top