शासकको सवारीः १ सय ९२ मिलियन डलरको कारमा यसरी हुईकिन्छन् पुटिन (भिडियोसहित)

एजेन्सी । विश्वकै शक्तिशाली नेतामध्ये दोस्रो नम्बरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । यसअघि सन् २०१६ र सन् २०१७ मा लगातार पहिलो नम्बरमा रहेका पुटिनलाई यसपटक भने चिनियाँ राष्ट्रपति सि जिङ पिङ ले पछाडि पारेका हुन् । 

अमेरिकाको प्रख्यता म्यागजीन फोव्र्सले केही साता अगाडि मात्रै सन् २०१७ का शक्तिशाली नेताको सूची सार्वजनिक गरेको थियो । जसमा पुटिन दोस्रो नम्बरमा रहेका छन् । पुटिन गत चुनावबाट पुनः चौथो कार्यकालको लागि राष्ट्रपतिमा चुनिएका छन् । 

विश्वका शक्तिशाली नेता पुटिनले कस्तो कार चढ्छन भन्ने सवैमा चासो हुनु स्वाभाविक हो । शक्तिशाली व्यक्तिका गाडी पनि गाडी उत्पादकहरुले शक्तिशाली नै बनाउने गरेका छन् । पुटिनले जर्मनी ब्रान्ड लेमोजिनको रसियामा उत्पादन हुने गाडी प्रयोग गर्ने गरेका छन् । 

अहिले केही साता अगाडी मात्रै पुटिनलाई नयाँ गाडी दिइएको छ । गाडीको मूल्य १ सय ९२ मिलियन अमेरिकन डलर रहेको छ । सवै प्रकारका सुविधा राखिएको न्यू बुलेटप्रुफ फ्लिट सेडान सेगमेन्टको गाडी हो । 

कम्पनीले हाल उक्त मोडलको जम्मा ७० वटा गाडी मात्रै उत्पादन गरेको छ । बम तथा गोली आक्रमणबाट सजिलै बचाउने उक्त गाडी ६.६ लिटरको भि–१२ इन्जिन रहेको छ । भने ८६० हर्सपावर गाडीमा रहेको छ । 

रसियाको सरकारी टेलिभिजन ‘रोसिया २४’ का अनुसार रसियामा उत्पादन भएकै गाडी सोभियतसंघ हुँदा देखिनै राष्ट्रपतिहरुले प्रयोग गर्दै आएका छन् । विगतमा सोभियतसंघका राष्ट्रपति मिखाइलगोरवेचले पनि रसियामै उत्पादन भएको जेएर–४१०४७ सिरिजको गाडी प्रयोग गर्ने गरेका थिए । उक्त गाडी पनि जर्मनकै ब्रान्ड रहेको थियो । 

‘राष्ट्रपतिको नयाँ कार उद्घाटन कार्यक्रम धेरै रोमाञ्चित बनाएको थियो,’ रसियाका व्यापार मन्त्री डेनिस मटोरुवले भने,  ‘हाम्रो लागि गाडीहरूको समयमै डेलिभरी सुनिश्चित गर्नु एक धेरै महत्वपूर्ण क्षण हो ।’ 

विश्वकै महंगो गाडी उत्पादन गर्ने कम्पनी रोल्स रोय र लिमोजिनका गाडीबीच धेरै समानताहरु समेत रहेका छन् ।


Back_to_top