डाइभर्सन बगाएपछि बीपी राजमार्ग फेरि अवरुद्ध

काठमाडौं । वर्षापछि रोशी खोलामा आएको बाढीले विभिन्न स्थानको डाइभर्सन बगाएपछि बीपी राजमार्ग फेरि बन्द भएको छ ।

मंगलबार राति रोशी खोलामा आएको बाढीले आधादर्जन बढी स्थानको डाइभर्सन बगाएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार बाढीले डालाबेशी, बुलढुंगा, चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा र माम्तीमा डाइभर्सन बगाएको छ ।

डाइभर्सन बगाएपछि सवारी साधनलाई मंगलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, नेपालथोक, खुर्कोट लगायत स्थानमा होल्डमा राखिएको छ । केही सवारी साधन पुष्पलाल राजमार्ग हुँदै जान थालेको प्रहरीले जनाएको छ ।

२०८१ र ८२ असोजमा आएको बाढीले बीपी राजमार्गको ३० किमी सडक बगाएको छ । अहिले उक्त ४ प्याकेजमा ठेक्का लगाई पुननिर्माण भइरहेको छ भने अस्थायी डाइभर्सन बनाएर सवारी संचालनमा ल्याइएको छ । तर, सामानय वर्षा हुने बित्तिकै डाइभर्सन बगाउने हुँदा पटक पटक अवरुद्ध हुँदै आएको छ ।


Back_to_top