एकतर्फी खुल्यो बीपी राजमार्ग

काठमाडौं । बेमौसमी वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग एकतर्फी रूपमा संचालनमा आएको छ ।

शनिबार राति रोशी खोलामा आएको बाढीले काभ्रेको नमोबुद्धस्थित कटुञ्जे-मंगलटार सडक खण्डको डाइभर्सन बगाएको थियो ।

उक्त डाइभर्सन मर्मतपछि एकतर्फी रूपमा सवारी साधन संचालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अहिले पनि डाइभर्सन मर्मतको काम जारी रहेकाले दुईतर्फी सवारी संचालनमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

गत वर्ष असोजमा आएको बाढीले बीपी राजमार्गको करिब ३० किमी सडकमा क्षति पुर्याएको थियो । अहिले उक्त सडक ४ प्याकेजमा ठेक्का लगाई पुनर्निमाण भइरहेको छ ।

हाल अस्थायी रुपमा डाइभर्सन निमार्ण गरी उक्त राजमार्ग संचालनमा ल्याइएको छ । तर, सामान्य वर्षा हुनेबित्तिकै पनि अवरुद्ध हुने गरेको छ ।


Back_to_top