यस्तो छ ५०० किलोमिटरको रफ्तारमा कुद्ने कार

काठमाडौं । विश्वमा नै तिब्र गतिमा कुद्ने कार निर्माणमा महारथ हासिल गरेको कम्पनी बुगाटीले ५०० किलोमिटर प्रतिघन्टामा कुद्ने कारको नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ ।

कम्पनीको तयार गरेको नयाँ कन्सेप्ट ‘बुगाटी बुलाइट’ले ३ मिनेट ७.१ सेकेन्डमा ५००.५० किलोमिटरको प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने छ । यति धेरै स्पीडमा पनि कारलाई सहजै नियन्त्रण गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

यद्यपी कम्पनीले नयाँ बुगाटी बुलाइट कहिलेबाट गहकको लागि उपलब्ध रहने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । कम्पनीले यसलाई आगामी दिनमा हुने नयाँ टेक्नोलोजी विकासमा यसको सहयोग धेरै हुने विस्वास ब्यक्त गरेको छ ।

बुलाइटको तौल १२४० केजी मात्रै रहेको छ । यसको ‘पावर टु वेट’ ०.६७ केजी पर हर्सपावर रहेको छ । यो कारले अधिकतम १८५० एपी पावर प्रदान गर्ने जनाइएको छ । यसमा कम्पनीले ८.० लिटर डब्ल्यू १६ टर्बो इन्जिन दिएको छ ।


Back_to_top