नयाँ जेनेरेशन आई २० पुरानो भन्दा कति फरक, थाहापाउनुस् यी तथ्य

काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले आगामी हप्ता बजारमा ल्याउने आई २० इलाइट अहिले चर्चाको शिखरमा रहेको छ । नयाँ जेनेरेशन आई २० इलाइटमा कम्पनीले धेरै सेग्मेन्ट फर्स्ट फिचर दिएर ल्याएको छ ।

यस्तोमा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा हुन्डाईले निकै बलियो पकड बनाउने अनुमान सुरु भएको छ । यस्तोमा विभिन्न मिडिया रिपोर्टलाई आधार मानेर हामीले यसमा रहेका मुख्य फिचरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

डिजाइन

अहिले बजारमा बिक्री भइरहेको आई २० इलाइटको तुलनामा नयाँ कारमा निकै धेरै परिवर्तन देख्न सकिन्छ । हुन्डाईले आई २० इलाइटलाई ‘सेन्सियस स्पोर्टनेश डिजाइन ल्याङ्वयज’मा तयार गरेको छ । नयाँ डिजाइन ल्याङ्वयजमा तयार भएकाले यसको अगाडिको फेसिका निकै आक्रमक देख्न सकिन्छ ।

ठूलो क्यासगेडिङ ग्रिल, डायमन्ड प्याट्रन फिनिसिङ, सार्प हेडल्याम्प, एलइडडी डेटाइम रनिङ लाइट जस्ता फिचरले यसलाई निकै आकर्षक देखाएको छ ।

कारको पछाडि भागमा दिएको जी सेप्ड र्यापराउन्ड एलइडी हेड ल्याम्पसँगै जोडर दिइएको लामो एलइडी बारले गाडीलाई निकै आकर्षक देखाएको छ ।

सेग्मेन्टमा पहिलो फिचरले भरिएको

यो सेग्मेन्टमा टाटा अल्ट्रोज, मारुती सुजुकी बलेनो र फक्सवागन पोलोले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तोमा कम्पनीले यसमा निकै धेरै सेग्मेन्ट फर्स्ट फिचर दिएको छ ।

कम्पनीले यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, इलेक्ट्रीक सनरुफ, अटोमेटिक क्लाइमेन्ट कन्ट्रोल, रियर एसी भेन्ट, वायरलेस चार्जर, मल्टी फङ्सन स्टेरिङ ह्वील, बोसको ८ स्पीकर, हुन्डाईको ब्ल्यू लिंक कनेक्टीभीटी, क्रुज कन्ट्रोल जस्ता फिचरहरु उपलब्ध रहने छ ।

कम्पनीले पहिलो पटक सुरक्षाको लागि आई २० इलाइटमा ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी, टायर प्रेसर मोनिटर, रियर पार्किङ सेन्सर, रिभाइज पार्किङ क्यामेरा, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल जस्ता फिचर दिएको छ ।

इन्जिन

कम्पनीले यसमा १.० लिटर टार्बो, १.२ लिटर फोर सिलिण्डर, १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसमा कम्पनीले ५ स्पीड म्यानुयल र अटोमेटिकको साथ ६ स्पीड म्यानुयल र ७ स्पीड डियूल क्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनमा भने ६ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहने छ ।


Back_to_top