होन्डाले पहिलो पटक भारतमा एडभेञ्चर मोटरसाइकल बनाउने

सांकेतिक तस्विर

काठमाडौं । होन्डाले भारतमा पहिलो पटक एडभेञ्चर मोटरसाइकल बनाउने भएको छ । कम्पनीले होन्डा हर्नेट २.० मा आधारित एडभेञ्चर मोटरसाइकल बनाउने भएको हो ।

होन्डाले भारतमा केहि समयअघि सार्वजनिक गरेको होन्डा हर्नेट २.० नेपाल आउने तयारी भइरहेको छ । यस्तोमा कम्पनीले पहिलो पटक भारतमा नै एडभेञ्चर मोटरसाइकल ल्याउने भएको हो ।

भारतीय बजारमा मोटरसाइकलको माग उच्च हुँदै गएको आँकलन गरेको होन्डाले क्लासिक मोटरसाइकल हाइनेस सिबी ३५० केहि दिन अघि मात्रै सार्वजनिक गरेको थियो । अब कम्पनीले हर्नेट २.० माथि थप लगानी गर्दै हर्नेटको एडभेञ्चर मोडल बजारमा ल्याउने भएको हो ।

यद्यपी कम्पनीले नयाँ मोटरसाइकलमा हर्नेट २.० इन्जिनमा रहेको इन्जिन नै यसमा दिएने छ वा छैन भन्ने विषयमा कुनै जानकारी दिएको छैन । संभवत कम्पनीले यसमा हर्नेटमा रहेको १८४ सीसी क्षमताको वा सिबी १९० आरमा रहेको इन्जिन प्रदान गर्नेछ ।

होन्डा हर्नेटमा रहेको १८४ सीसी क्षमताको एफआई इन्जिनले १७ पीएस पावर र १६ एनएम टर्क प्रदान गर्ने छ । यसमा यूएडी फर्क र सिंगल च्यानल एबीएस रहेको छ । सायद कम्पनीले नयाँ एडभेञ्चर मोटरसाइकलमा पनि यहि इन्जिन दिने छ ।


Back_to_top