काठमाडौं । भारतमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसार अपग्रेड भएको रोयल इन्फिल्ड बुलेट ३५० को मूल्य नेपाल आउने हो भने अहिलेको भन्दा करिब ३० हजार बढ्ने अनुमान गर्न सकिन्छ । भारतमा यसको मूल्य करिब ७ हजार भारुले बढ्ने अनुमान गरिएको छ ।
कम्पनीले अहिले नेपालमा बीएस ४ मापदण्डको इन्जिन युक्त बुलेट बिक्री गर्दै आएको छ । यसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ रहेको छ । यस्तोमा नयाँ इन्जिनमा बुलेट आउने हो भने यसको मूल्य ४ लाख ८० हजार रुपैयाँ हाराहारी पर्ने छ ।
नेपालमा रोयल इन्फिल्डको मोटरसाइकल बिवेक अटोमोवाइल्सले बिक्री वितरण गर्दै आएको छ । युवाको विशेष रोजाइमा पर्ने यो मोटरसाइकल नेपाली सडकमा निकै बाक्लो उपस्थिति रहेको मोटरसाइकल हो ।
बीएस ६ मापदण्ड अनुसार नयाँ बुलेट ३५० मा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर, एफआई इन्जिन उपलब्ध रहने छ । अफआई टेक्नोलोजीको प्रयोगले यसको पावरमा केही कमि आएको छ । नयाँ इन्जिनले १९.१ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ ।
नयाँ बुलेटमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि ट्वीन सक एब्जर्वर दिइएको छ । मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल एबीएस उपलब्ध रहने छ ।
अबको केदिनपछि भारतमा बिक्री सुरु हुने नयाँ बुलेट नेपाली बजारमा पनि आउने मोडलमा पर्छ ।


