मारुती सुजुकीले डिजेल इन्जिन बन्द गर्दा हुन्डाईले राख्यो प्राथमिकतामा

काठमाडौं । भारतले नयाँ प्रदुषण मापदण्ड बीएस ६ लागु गरेसँगै मारुती सुजुकीले आफ्नो डिजेल इन्जिन बन्द गरेको छ । तर, यही समयमा हुन्डाईले बीएस ६ मा अपग्रेड गरेको डिजेल इन्जिन अहिले चर्चाको शिखरमा रहेको छ ।

हुन्डाईले भारतीय बजारमा अहिलेपनि निकै ठूलो मात्रमा ग्राहकको रोजाई डिजेल इन्जिन रहेकाले कम्पनीले डिजेल इन्जिनमा विशेष फोकस गरेर उत्पादन बढाउने जनाएको छ ।

‘हामी भारतमा डिजेल इन्जिनको प्रयोगकर्तालाई निरास गर्न चाहँदैनौ त्यसैले हाम्रा उत्पादन बीएस ६ मापदण्डमा डिजेल इन्जिन दिएर बजारमा आफ्नो पकड बढाउन चाहन्छौं’, कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक तरुण गर्गले भने ।

कम्पनीले केही दिनअघि सार्वजनिक गरेको नयाँ जेनेरेशन क्रेटा पेट्रोलको तुलनमा डिजेल इन्जिनमा बढी बुकिङ भएसँगै कम्पनी निकै उत्साहित भएको बताइन्छ ।

कम्पनीले आफ्नो ह्याचव्याक नियोस, क्रेटा, र अउरामा तत्काल डिजेल इन्जिन दिएर बिक्री वितरण गरिरहेको छ । नयाँ आउने गाडीपनि डिजेल इन्जिन पनि रहने जनाइएको छ ।

हुन्डाईले विशेषत एसयूभी सेग्मेन्टमा डिजेल इन्जिनलाई बढी प्राथमिकता दिएर उत्पादन गर्ने गर्गले जानकारी दिएका छन् ।


Back_to_top