काठमाडौं । काठमाडौंको माछापोखरी नजिकै यात्रु बस दुर्घटना भएको छ ।
आइतबार बिहान तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिँदा २० जना यात्रु घाइते भएका हुन् ।
उक्त बस एक मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई मुख्य सडकमै पल्टिएको बताइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेका घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा लगिएको छ ।
बस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पल्टिएको बसलाई अहिले क्रेनले उठाइसकिएको छ।

