तामाकोशी नदीमा यात्रु बस खस्यो

काठमाडौं । रामेछापको मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिक यात्रु बस दुर्घटना भएको छ ।

मंगलबार बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश ००१-०५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो ।

बस सडकबाट झण्डै १०० मिटर तल खसेर नदीमा डुबेको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलबाट ६ यात्रुको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Back_to_top