काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौं । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको शैलुङेश्वरी यातायातको बा २ ख ७२४५ नम्वरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घटनाको  पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Back_to_top