हिरोले बनायो नयाँ रेकर्ड

भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटो कर्पले एकै महिना १२ लाख ८४ हजार यूनिट मोटरसाइकल बिक्री गरेर नयाँ रेकर्ड बनाएको भारतीय अटो मिडिया गाडीवाडी डटकमले उल्लेख गरेको छ ।

कम्पनीले अक्टोबर महिनामा उक्त संख्यामा मोटरसाइकल तथा स्कुटर बिक्री गरेको हो । जुन कम्पनीको इतिहासमै पहिलो पटक पुगेको उक्त मिडियाले दाबी गरेको छ । 

निकै निरासाजनक अवस्थाबाट गुज्रिएको भारतीय अटो बजार दिपावलीको समयमा निकै बुम हुन पुगेको हो । यसको प्रत्यक्ष फाइदा हिरो मोटो कर्प र मारुती सुजुकीले लिएको रिपोर्टहरु बाहिर आएका छन् ।

हिरोले बिक्री गरेको मोटरसाइकलमा एचएफ डिलक्स, स्प्लेन्डरका विभिन्न सिरिज, मेष्ट्रो, डेष्टीनी र प्लेजर स्कुटरको साथै एक्सपल्स सिरिज र एक्ट्रीम सिरिज रहेका छन् ।  


Back_to_top