बीवाइडी एटो-२ नेपाल आउने

काठमाडौं । मार्चमा आधा दर्जन बढी बिद्युतीय कार बजारमा आउने भएसँगै बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले पनि नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले युरोपमा बिक्री सुरु भएको एटो–२ नेपाल ल्याउने भएको हो ।

‘एटो-२ नेपाल ल्याउने तयारी सुरु भएको छ । चाँडै हामी जानकारी दिन्छौं’, कम्पनी स्रोतले भन्यो ।

बीवाइडीसँग अहिले पनि प्रोडक्ट लाइनअपमा एटो-३, एम-६, डल्फीन, सिल जस्ता मोडल छन् । तर, बजारमा एसयूभी सेग्मेन्टमा तिब्र प्रतिसपर्धा हुने देखिएसँगै एटो-२ नेपाल ल्याउने भएको हो ।

मार्च अन्तिमसम्ममा कम्पनीले डेमो भेहिकल ल्याउने अनुमान गरिएको छ । कम्पनीले बजेट अगाडि नै एटो-२ नेपाल ल्याएर बिक्री थाल्ने संभावना देखिन्छ ।

यस्तो छ एटो-२

बीवाइडीको सफल कम्प्याक्ट एसयूभी एटो-३ भन्दा सानो एटो-२ चिनियाँ बजारमा ‘युवान अप’ नामबाट बिक्री हुँदै आएको छ । चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध रहेपनि एटो-२ युरोपमा भने एक्टीभ र बुस्ट गरी दुई भेरियन्टमा बिक्री सुरु भएको हो ।

कम्पनीले एटो-२ आफ्नो ई प्लेटफर्म ३.० मोडुलर आर्किटेक्चरमा बनाएको हो । कम्प्याक्ट डिजाइनमा भएपनि एटो-२ मा हाई बनेट लाइन र लोअर पार्टमा प्लास्टीक ट्रिम दिइएको छ ।

एटो२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा ह्वीलवेस भने २६२० एमएम लामो छ । बीवाइडीको युरोपियन स्पेकमा १३० किलोवाटको फ्रन्ट माउण्टेड मोटर दिएको छ । यसले १७४ हर्सपावर तथा २९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

बीवाइडी एटो-२ मा फ्लोटिङ १२.८ इन्चको रोटेबल सेन्टर टचस्कृन र ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइको छ ।

बीवाइडीका अनुसार एटो-२ मा प्रयोग भएको सिटहरु इकोफ्रेड्ली भेगान लेदरले बनेको हो । यसको अगाडिका सिटहरु इलेक्ट्रीक एड्जस्टमेन्ट र हिटीङ फेसीलीटी सहितको छ । यसका अन्य फिचरहरुमा इलेक्ट्रीक फोल्डीङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर तथा ३६० डिग्री क्यामरा छन् ।

एटो-२ मा ठूलो साइजको पानारोमिक सनरुफ र ४०० लिटरको बुटस्पेश पाउन सकिन्छ । यसको इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील, लेदरेट सिट, १०.१ इन्चको स्कृन, रियर भ्यूक्यामरा, रियर पार्किङ सेन्सर, ६ वटा स्पीकर तथा ६ वटा एयरव्याग रहेको छ ।

बीवाइडीले एटो-२ मा ४५.१२ किलोवाट आवारको एलएफपी ब्याट्री दिएको छ । यसलाई ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जर तथा ११ किलोवाटसम्मको एसी चार्जले चार्ज गर्न सकिन्छ । यो ईभीको डब्लुएलटीपी रेन्ज ३१२ किलोमिटर छ ।


Back_to_top