काठमाडौं । होण्डाले आफ्ना २००१ देखि २०१४ सम्मका धेरै मोडलमा एयरव्यागको समस्या आएको भन्दै रिकल गरेको छ । नेपालमा कार बिक्री गर्ने कम्पनी मध्ये जापानी ब्राण्डले ब्यवस्थित तरिकाले गाडी रिकल गर्दै आएका छन् ।
होण्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले आफ्नो वेभसाइटमा तपाईको गाडीमा एयरब्यागको समस्या छ वा छैन भन्ने एकिन गर्न अनुरोध गरेको छ । त्यसको लागि कम्पनीले आफ्नो वेभसाइटमा लिंक दिएको छ । त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ ।
तपाई पनि होन्डा कारको मालिक हुनुहुन्छ भने यो https://honda.com.np/takata-special-service-campaign/ क्लिक गरेर आफ्नो गाडीको स्टाटस चेक गर्न सक्नु हुन्छ ।
होण्डाले नेपालमा २००१ देखि बिक्री गरेका सिटी, सिभिक, सिआरभी, ज्याज, इनसाइट, स्ट्रीम र एकर्ड मोडलको एयरव्याग परिवर्तनको लागि कल गरेको हो । समस्या आएका एयरब्याग कम्पनीले निःशुल्क परिवर्तन गरिदिनेछ ।
यसअघि अर्को जापानी ब्राण्ड टोयोटाले पनि नेपालमा बिक्री भएका आफ्ना पुराना कारको एयरव्यागमा समस्या आएको भन्दै रिकल गरेको थियो ।

