यस्तो देखियो नयाँ अपग्रेड भएको एटो-थ्री (फोटोफिचर)

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो सर्वाधिक सफल मोडल एटो–थ्रीको अपग्रेडेड मोडल नेपालमा बिक्री सुरु गरेको झण्डै एक महिना भयो ।

नेपाली उपभोक्ता माझ निकै लोकप्रिय एटो–थ्री मोडलको २०२४ भर्सन केही फिचर र कलर अपडेड भएर आएको हो । कम्पनीले पहिलो पटक मोवाइल एप पनि बजारमा ल्याएको हो । नयाँ एटो थ्रीका उपभोक्ताले बीवाइडी एप पनि चलाउन पाउने छन् ।

सनरुफ कभर, पछाडि दिइएको ब्यूल्ड योर ड्रिमलाई (बीवाइडी) बनाइएको छ । सबैभन्दा ठूलो परिमार्जन टायरमा पाउन सकिन्छ । यसअघि केही उपभोक्ताले असन्तुष्टि जनाएको टायरलाई कन्टिनेन्टलको टायरले रिप्लेस गरेको छ ।

साथै, इन्फोटेन्टमेन्ट सिस्टमको साइज पनि पहिलेभन्दा ठूलो भएको छ । यसअघि १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमलाई हटार १५.६ इन्चको ठूलो स्कृन दिइएको छ ।

यस्ता कस्मेटीक बाहेक कलर मात्रै परिवर्तन भएको छ । बीवाइडी एटो-थ्री पहिलो पटक ब्ल्याक कलरमा उपलब्ध भएको छ । साथै, यसको ड्यासबोर्ड र सिटको कलरमा पनि परिवर्तन भएको छ ।

अपग्रेड भएर आएको एटो-थ्रीलाई आधिकारीक बिक्रेता साइमेक्स इंकले पुरानै मूल्यमा बिक्री थालेको हो । एटो–थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।


Back_to_top