काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादन जीएसी एवोन ब्राण्डले लाइटहाउस अवार्ड प्राप्त गरेको छ । वर्ल्ड इकोनोमिक फोरमले कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
यो अवार्ड विश्वमा नयाँ प्रविधिहरूको प्रयोग गरेर उत्पादन गर्ने तरिका सुधार ल्याउने कम्पनीलाई दिइन्छ । अटोमेसन प्रविधि, एआइको प्रयोग र वातावरणमैत्री अभ्यासहरूले आयोनले गाडी निर्माण उद्योगमा अलग्गै पहिचान बनाएको छ ।
यस अवार्डले जीएसी आयोनको चौथो औद्योगिक क्रान्ति प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिने कम्पनीले जनाएको छ ।

जीएसी आयोनको प्लाण्डमा जम्मा ५३ सेकेण्डमा एनईभी एसेम्बल गर्न सक्छ । यो नवीन उपलब्धीहरू मध्ये एक हो।
‘वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीएसी आयोन लाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीको रूपमा पुष्टि गरेको छ । यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको छ,’ कम्पनीले भनेका छ ।

