काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी हाइब्रिड कार उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले अगष्ट महिनामा ३ लाख ७३ हजार ८३ यूनिट कार बिक्री गर्न सफल भएको हो ।
बीवाइडीले अगष्ट महिनामा २ लाख २२ हजार ३८४ यूनिट हाइब्रिड कार बिक्री गरेको हो । उक्त संख्या कुल बिक्रीको ५९.६० प्रतिशत हो ।
त्यसैगरी कम्पनीले अगष्ट महिनामा १ लाख ४८ हजार ४७० यूनिट विद्युतीय कार बिक्री गर्न सफल भएको छ । उक्त संख्या कम्पनीको कुल बिक्रीको ४०.४० प्रतिशत हो ।

कम्पनीले हाइब्रिड कारको बिक्री अघिल्लो वर्षको अगष्ट महिनाको तुलनामा ७३.१२ प्रतिशतले वृद्धि गरेको हो । जबकी प्योर ईभीको बिक्री भने कम्पनीले सन् २०२३ अगष्टको तुलनामा १.९५ प्रतिशतले मात्रै बढाउन सकेको छ । यहि तथ्यांक अनुसार बीवाइडी हाइब्रिड कारमा निकै आक्रमक देखिएको हो ।
पछिल्ला ६ महिनामा बीवाइडीले हाइब्रिड कारको बिक्रीमा निरन्तर वृद्धि गर्दै लगेको छ । कम्पनीले एकपछि अर्को महिनामा नयाँ रेकर्ड निर्माण गरिरहेको छ ।

