टीभीएस एनटर्क १२५ को नयाँ भर्सन नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस एनटर्क १२५ डिस्क भेरियन्ट बीएस ६ इन्जिनमा नेपाल आएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा एनटर्क १२५ डिस्क भेरियन्ट बीएस ६ इन्जिनमा सार्वजनिक गरेको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेर एनटर्क डिस्क बीएस ६ मा ल्याएको हो ।

एनटर्क डिस्क बीएस ६ एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीको भनाई छ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लूटूथ र एसएमएस अलर्ट जस्ता फिचर उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छन् ।

कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

नाडा अटो शोमा प्रदर्शन गरिएको यो स्कुटर बिक्री सुरू भइसकेको कम्पनीले जनाएको छ ।


Back_to_top