काठमाडौं । टाटा मोटर्सको पछिल्लो उत्पादन पन्च ईभीले भर्खरै सकिएको नाडा अटो शोमा निकै राम्रो चर्चा पायो । आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आक्रमक मूल्य निर्धारण गरेसँगै पन्चको चर्चा चुलिएको हो ।
टाटा पन्च ईभी एसयूभी डिजाइनमा तयार भएको सानो गाडी हो । यसलाई कम्पनीले आफ्नो पहिलो प्योर ईभी प्लेटफर्ममा बनाएको छ । साथै, यसमा रहेको उच्च ग्राउन्ड क्लियरेन्स र सनरुफ सहितको फिचरले धेरैलाई आकर्षित गरेको हो ।
मिड रेन्ज (एमआर) मोडलको टप भेरियन्ट मात्रै ल्याएर सिप्रदीले बिक्री सुरु गरेको हो । त्यसको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लङ रेन्ज (एलआर) मोडल भने दुई भेरियन्टमा उपलब्ध रहेको छ । यहाँ हामीले एमआर मोडलको चर्चा गर्दैछौं ।
मासिक किस्ता कति ?
विद्युतीय कार मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर खरिद गर्न सकिन्छ । त्यसले एमआर मोडल पन्च किन्ने ग्राहकले ६ लाख ७८ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ ।
मासिक किस्ताकाे पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहाेला ।
डाउन पेमेन्टपछि चाहिने २७ लाख १२ हजार रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा सुविधा लिन सकिन्छ । यसरी लिने कर्जा राष्ट्रिय बाणिज्य बैंकबाट लिँदा परिवर्तन नहुने ७.७ प्रतिशत ब्याजदरमै पाइन्छ । सात वर्षसम्म मासिक रुपले किस्ता तिर्नेगरी पन्च ईभी खरिद गर्दा मासिक ४१ हजार ९६० रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।
यस्तो छ पन्च एमआर इम्पावर्ड प्लस एस मोडल
फिचर लोडेड भएरको पन्च ईभी सनरुफ दिइएको छ । यसमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।
पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।
एमआर मोडल पन्चमा २५ किलोवाट आवरको ब्याट्री दिइएको छ । सुरक्षामा ५ स्टार रेटिङ पाउन सफल पन्च साना एसयूभी चढ्ने चाहना भएका मानिसको रोजाइमा पर्ने निश्चित छ ।