बीवाइडीले ल्यायो ‘गड्स आई’ ड्राइभिङ सिस्टम, सबैभन्दा सस्तो कारमा पनि हुने

काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीले नयाँ ड्राइभिङ सिस्टम सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘गड्स आई’ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम आफ्नो इन्ट्री मोडल सिगल देखिनै प्रयोग हुनेछ ।

कम्पनीले प्रयोगमा ल्याउन लागेको गड्स आई एडास फिचरमा तीनवटा लाइडार सेन्सरसहित तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसअघि बीवाइडीले प्रयोग गरेको एडास फिचर खासै उत्कृष्ट थिएन । अन्य चिनियाँ स्टार्टअप कम्पनीकोभन्दा कमजोर एडास फिचर भन्दै बीवाइडीको आलोचना हुने गरेको थियो ।

हिजो फेब्रुअरी १० तारिखमा नयाँ एडास फिचर सार्वजनिक गर्दै बीवाइडीको चेयरम्यान वाङ चुआनफुले आफुहरुसँगै चीनकै सबैभन्दा ठूलो ‘कार क्लाउड डाटावेस’ रहेको बताए । कम्पनीसँग अहिले १ लाख १० हजार इन्जिनियर रहेको र त्यसमा ५ हजार इन्जिनियरले एडासको आर एण्ड डीमा काम गरिरहेको चुआनफुको दावी थियो ।

गड्स आई एडास फिचर भित्र १२ क्यामेरा, ५ मिमी वेभ रडार, १२ अल्ट्रासोनीक रडार छन् । प्रयोग भएका १२ क्यामेरामा ३ वटा अगाडि, ५ पानारोमिक क्यामेरा, ४ साइड क्यमेरा प्रयोग भएको छ । पाँच वेभ रडारले ३६० डिग्री भ्यू खिच्नेछ । कारको अगाडि ३०० मिटरमा कहाँ के भइरहेको पत्ता लगाउने छ ।

बीवाइडीले ‘भगवानको आँखा’ भनेको नयाँ एडास फिचर ए, बी र सी नामाकङ्कन गरेर ल्याएको छ । कम्पनीले सस्ता करामा सी, मिड रेन्जमा बी र टप प्रिमियम ब्राण्डमा ए भेरियन्टको प्रयोग गर्नेछ ।


Back_to_top