काठमाडौं । यामाहाको बहुप्रतिक्षित मोटरसाइकल डब्लूआर १५५ नेपाली बजारमा बिक्री सुरू भएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक गरेको डब्लूआर १५५ को डेभिलरी सुरू गरेको हो ।
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर डब्लूआर १५५ को बिक्री सुरू गरेको हो ।
फेब्रुअरी पहिलो सातादेखि कम्पनीले डब्लूआर १५५ को टेष्ट ड्राइभ तथा बुकिङसमेत खुला गरेको थियो ।
अफरोडका लागि एकदमै उपर्युत डिजाइनमा रहेको यो मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्विड कुल्ड, भोर भल्भ, एसओएचसी भीभीए इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा अधिकतम १६.७ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.३ न्यूटन मिटर टर्क प्रदान गर्छ ।
यसमा ८.१ लिटर क्षमताको इन्धन ट्याङ्क, कन्भेन्सनल ह्याण्डलबार, सिंगल पिस सिट, स्पोक ह्वील र एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।
यामाहा डब्लूआर १५५ को इन्ट्रुमेन्ट क्लष्टरमा ओडो मिटर, ट्रिप मिटर, औषत इन्धन खपत, गियर पोजिसन जस्ता जानकारी पाउन सकिन्छ ।
यसको अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ । यसमा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ ।
नयाँ मोटरसाइकलको सिट हाइट ८८० एमएम छ । २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको मोटरसाइकल अफरोड र सहरी दुबै बाटो सुहाउँदो ड्यूल पर्पोज टायर उपलब्ध छ।
कम्पनीका अनुसार याे माेटरसाइकल कालाे र निलाे कलरमा उपलब्ध रहेकाे छ ।

