काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शो २०२३ मा दुई नयाँ मोडल प्रदर्शनी गर्ने भएको छ । कम्पनीले आफ्नो लाइनअपमा सबैभन्दा सस्ताे माेडल प्रिमियम ह्याचव्याक डल्फीन र सबैभन्दा महंगाे माेडल प्रिमियम सेडान कार सिल प्रदर्शनी गर्न लागेको हो ।
बीवाइडी डल्फीन हयाचव्याक नेपाल आइसकेको छ । साइमेक्स इंकले काठमाडौं लगायत देशका विभिन्न भेगमा डल्फन मोडलको परिक्षण गरिरहेको छ । निकै सानदार ह्याण्डलिङ रहेको डल्फीन ईभी अटो शोमा धेरैको रोजाइमा पर्ने मोडल हुनसक्छ ।
बीवाइडीको प्रिमियम सेडान कार सिल पनि अटो शोको मुख्य आकर्षण बन्न सक्ने मोडल हो । अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्रीसँग सिधा प्रतिस्पर्धा गरिरहेको सिल मोडल थुप्रै आधुनिक फिचर लोडेड सेडान कार हो ।
यी दुई मोडलको अलावा अहिले बजारको हटकेक बनिरहेको एटो थ्री पनि अटो शोमा रहने छ । बीवाइडीसँग ई-६ र एमथ्री जस्ता अन्य मोडल रहेपनि कम्पनीको प्राथमिकतामा डल्फीन, सिल र एटो थ्री हुने निश्चित छ ।

मूल्यमा नयाँ अप्सन दिदै डल्फीन
साइजमा ४.२ मिटर भएको कारण ह्याचव्याक भएपनि डल्फीन निकै ठूलो कार हो । पछाडिको भाग ड्याक्कै एसयूभी जस्तो देखिने डल्फीनको अगाडिको भागले ह्याचव्याक भएको फिल हेर्दै गराउने छ । निकै सहज ह्याण्डलिङ रहेको र बीवाइडीका उत्पादनले राम्रो प्रतिक्रिया पाइरहेको कारण डल्फीन नेपाली बजारमा कम्पनीको सबैभन्दा कम मूल्यको कार हो ।
बीवाइडी डल्फीनको मूल्यको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी नदिएपनि यसको मूल्य ४४ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । यसमा ७० किलोवाट आवरको मोटर दिइएको छ । उक्त मोटरले १८० एनएम टर्क प्रदान गर्छ ।
बीवाइडीको ब्लेड टेक्नोलोजीबाट बनेको ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री यसमा पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

निकै प्रिमियम फिचर र आधुनिक डिजाइनको समिश्रण रहेको सिल सेडानको बारेमा कम्पनीले धेरै जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा फरक फरक मोटर र ब्याट्री साइजमा उपलब्ध सिल नेपाल कुन टेक्नीकल फिचर सहित आउँछ भन्ने जानकारी प्राप्त भएको छैन ।
यसको मूल्यको विषयमा पनि टेक्नीकल डिटेल बीना अनुमान गर्न सकिने अवस्था रहेन । यद्यपि अबको केही दिनमा नै यसको टेक्नीकल डिटेल बाहिर आउन सक्नेछ ।

