काठमाडौं । कियाको फ्ल्यागसिप इलेक्ट्रीक मोडल ईभी-९ एसयूभी क्यानडामा बुकिङ बन्द भएको छ । कम्पनीले ईभी-९ को बुकिङ सप्लाईभन्दा कयौं गुणा धेरै आउन थालेपछि बन्द गरेको हो ।
कियाले क्यानडाको लागि सन् २०२४ मा ५०० यूनिट ईभी-९ दिने जनाएको थियो । उक्त संख्याभन्दा धेरै बुकिङ पाएपछि बन्द गरिएको हो । कियाको ५०० यूनिट मात्रै ईभी क्यानडामा बेच्ने योजालाई सबैले आश्चर्य मानेका छन् । जबकी सन् २०२२ मा क्यानडामा कियाले ६८ हजार २५८ यूनिट कार बिक्री गरेको थियो ।
७ सिट क्षमताको ईभी-९ एसयूभी इजीएमपी प्ल्याटफर्ममा बनेको हो । कियाले ईभी-९ एसयूभीलाई रियर ह्वील र अल ह्वील ड्राइभिङ अप्सन दिएर ल्याएको छ ।
कम्पनीले ईभी-९ मा ६४ किलोवाट आवरको ब्याट्रीको साथमा डुअल मोटर दिएको छ । यो एसयूभीले एक पटकको फुल चार्जमा ४८२ किलोमिटरको रेन्ज प्रदान गर्ने जनाइएको छ । यसबाहेक, कियाले यसमा नेक्स जेनेरेसन अल्ट्रा फास्ट चार्जरको मद्दतले १० देखि ८० प्रतिशत चार्ज मात्र ३० मिनेट भित्रै चार्ज गर्न सकिने समेत जनाएको छ ।

यो एसयूभीको अगाडि बम्परको किनारामा एलइडी लाइटिङ एलिमेन्ट्स रहेको छ । त्यस्तै, वेलकम प्याटर्नस, भर्टिकल पोजीसनमा एलईडी डीआरएल, छतमा सोलार प्यानल, हटाउन मिल्ने रुफरेल तथा क्यामरा मोनिटरिङ जस्ता फिचरहरू रहेको छ ।
यसको ड्यासबोर्डमा विशाल २७ इन्चको अल्ट्रा वाइड इन्स्ट्रुमेन्ट क्लस्टर तथा योक डिजाइनको स्टेरिङ ह्वील रहेको छ । यसमा स्पेसियस क्याबिनका साथै फ्ल्याट फ्लोर, ठूलो साइजको विण्डो प्यानारोमिक रुफ जस्ता विशेषता रहेको छ ।
ईभी-९ को लम्बाई ४९३० एमएम, चौडाई २०५५ एमएम र उचाई १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेस भने ३१०० एमएम लामो छ । यसको एक्टेरियरमा देखिने मल्टिपल कट तथा क्रिज अनि उत्कृष्ट ह्वील आर्क, ठूलो साइजको ह्वील र डिजिटल टाइगर फेस सहितको फ्यूचरिस्टिक फेसियाले धेरैको नजर खिच्न सफल देखिएको छ ।


