काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल बीवाइडीले नयाँ एसयूभीको परीक्षण सुरु गरेको छ । कम्पनीले चीनमा परीक्षण गरिरहेको अवस्थामा नयाँ एसयूभीको तस्बिरहरु बाहिर आएसँगै नयाँ मोडल आउने पक्का भएको हो ।
स्पाइ सर्टमा देखिए अनुसार नयाँ कार सम्भवत सिलाइन-०६ ईभी भएको अनुमान गरिएको छ । बीवाइडीले यसअघि सिलायन-०७ र ०५ जस्ता एसयूभी ल्याइसकेको छ । यही सिरिजमा नयाँ मोडलको तयारी सुरु भएको अनुमान गरिएको हो ।

नयाँ परीक्षणमा देखिएको कार पूर्णरुपमा छोपेर बाटोमा गुडाइरहेको देखिएको छ । छोपेर परीक्षण भएको भएपनि सिलायन सिरिज जस्तै पार्टस् भएको अनुुमान भने सहजै लगाउन सकिन्छ ।
एसयूभीको भित्र ड्यासबोर्डमा ठूलो इन्फोटेनमेन्ट सिस्टम र नयाँ डिजाइनको सेन्टर कन्सोल देख्न सकिन्छ । सेन्टर कन्सोलमै गियर सेलेक्टर प्रयोग भएको एसयूभीमा फोर स्पोक स्टेरिङ ह्वील देख्न सकिन्छ ।
सिलयन-०७ भन्दा सानो र सिलायन-०५ भन्दा ठूलो साइजमा उपलब्ध हुने एसयूभीमा रहने फिचर लगायतका विषय बाहिर आएका छैनन् । सम्भवत यसको साइज ४७ एमएम हाराहारी हुनेछ । साथै, यसमा रहने टेक्नीकल डिटेल पनि बाहिर आएको छैन । झण्डै ५०० किलोमिटर आसपास रेन्ज रहने ब्याट्री प्याक यसमा उपलब्ध हुनेछ ।

