बाहिरियो बीवाइडी ‘सीगल’को इन्टेरियर, ब्राण्डकै सस्तो ह्याचव्याक हुने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले पहिलाे सिटी कार  ‘सीगल’ को इन्टेरियर डिजाइन आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

कम्पनीले युवा उपभोक्तालाई लक्षित गर्दै ल्याउने तयारी गरेको यो कारको डिजाइन देखाएको हो । बीवाइडीले आगामी मंगलबार (अप्रिल १८) मा याे कार लन्च गर्ने भएकाे छ ।

यसअघि कम्पनीले बाहिरी डिजाइन सार्वजनिक गरेको थियो । यसको इन्टेरियरमा ५ इन्च र १२.८ इन्च दुइवटा स्क्रिन दिइएको छ ।

यसमा फ्ल्याट बटमसहितको स्टेरिङ ह्वील, वायरलेस चर्जीङ प्याड, दुई वटा कप होल्डर र केही फिजिकल बटनसहितको मिनिमललिस्ट इन्टेरियर पाउन सकिन्छ ।



बीवाइडी सीगल एक इन्ट्री लेभल इलेक्ट्रीक ह्याचब्याक रहेको छ । यो ओसन सिरिजमा आधारीत ३.० प्लेटफर्ममा निर्माण गरिएको छ ।

यो ह्याचब्याकमा भएको ३० किलोवाट आवर सोडियम आयन ब्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरले ३०५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यस्तै, यसमा भएको ३८ किलोवाट आवरको लिथियम फोस्फेट ब्याट्री सहितको ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरले सिङ्गल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

यो ईभीलाई १३० किलोमिटर प्रतिघण्टाको टप स्पीडमा चलाउन सकिन्छ ।

सीगलको लम्बाई ३७८० एमएम, चौडाई १७१५ एमएम, उचाई १५४० एमएम तथा २५०० एमएमको ह्वीलबेस रहेको छ । यो कार बीवाइडी डल्फिनभन्दा ३४५ एमएम छोटो, ५५ एमएम चौडाई, ४० एमएम उचाई र २०० एमएम छोटो ह्वीलबेस छ ।


Back_to_top