काठमाडौं । चिनियाँ उदाउँदो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आफ्नो प्रिमियम ब्राण्ड याङवाङ सार्वजनिक गरेको छ । बीवाइडीले याङवाङ ब्राण्डबाट हार्डकोर एसयूभी यू८ तथा सुपरकार यू९ एकै पटक लन्च गरेको हो ।
बिहिवार चीनमा भएको लन्चिङ कार्यक्रममा बीवाइडीका चेयरम्यान वाङ चुवानफुले आफैले यू८ एसयूभी चलाएर सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा कम्पनीले याङवाङका दुई मोडलको साथै नयाँ ड्राइभिङ टेक्नलोजी इसिफ्याङसमेत लन्च गरेको थियो । यो टेक्नलोजीको पहिलो पटक यू८ मोडलमा प्रयोग भएको छ ।
इसिफ्याङ टेक्नलोजीमा प्रत्येक ह्वीलको साइडमा मोटर जडान भएको हुन्छ जसले स्टेरिङ ह्वीलको रिले अनुसार फरक फरक चक्कामा फरक फरक तरिकाले पावर दिन्छ । यो प्रविधिको प्रयोगले गाडीलाई एक स्थानमा ३६० डिग्रीको टर्न गर्न सकिनेछ ।
इसिफ्याङ यस्तो टेक्नलोजी हो, जसले भेहिकलको मुभमेन्टको रियल टाइम ह्वील टर्कलाई रेगुलेट गरी काम गर्छ । यो टेक्नोलोजीका अनुसार यदि स्टेरिङ ह्वील फेल भएमा वा टायर पड्कीएमा पनि इन्डीपेन्डेण्ट मोटरको सहायताले गाडीलाई कन्ट्रोल गर्ने कम्पनीले दावी छ ।
बीवाइडीका अनुसार यो शतप्रतिशत आफ्नै टेक्नलोजी भएको र प्योर ईभी तथा हाइब्रिड प्लेटफर्ममा प्रयोग हुनेछ । साथै, अफरोड एसयूभी र सुपरकारका साथै अन्य मोडलमा पनि यसले काम गर्नेछ ।
इलेक्ट्रोनीकल्ली कन्ट्रोल चार चक्काको मुभमेन्टले गर्दा परम्परागत फोर ह्वील ड्राइभ सिस्टमको रेस्पोन्सभन्दा यो टेक्नलोजीले १०० गुणा राम्रो काम गर्छ ।
यस्तो छ याङवाङको यू८ अफरोड एसयूभी
याङवाङको यू८ मा आइपी ६८ मोटर वाटरप्रूफका साथै बडी सिलिङ टेक्नोलोजीको प्रयोग गरेको छ । यसको सहयोगले एसयूभीलाई गहिरो पानीमा समेत सजिलै गुडाउन सकिन्छ । यसमा दिइएको एलसेपको युनिक हेडलाइटले यो एसयूभीलाई टाढैबाट छुट्याउन सकिन्छ ।

यसको ग्रिलमा दिएको डटम्याट्रिक्स तथा वीचमा रहेको याङवाङको लोगोले यो एसयूभी अग्रेसीभ देखिएको छ । यो एसयूभीको लम्बाई ५३०० एमएम छ भने ३०५० एमएमको ह्वीलवेस रहेको छ । यसमा हिडन डोर ह्याण्डल तथा डी पिल्लर र ह्वील आर्कमा एरोडाइनामिक्स डिजाइन दिएको छ । यसमा २० इन्चको ह्वीलले सुपर अफरोडर देखाएको छ ।
रियरमा पनि हेडलाइट कै सेपमा रियर लाइट दिएको छ । यो एसयूभीको टेलगेटमा एक्ट्रा टायर झुन्डिएको छ । टेलगेट पनि साइड वेमा खोलिने छ । कम्पनीले यो एसयूभीको इन्टेरियरको बारेमा आधिकारीक जानकारी नदिएता पनि पहिले देखिएको टिजरहरु अनुुसार यो कारमा फुल एलसीडी प्यानलको साथमा सेन्टर टचस्कृन डिस्प्ले रहनेछ । यसमा थ्री स्पोक मल्टि फङ्सनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।
इसिफ्याङ टेक्नलोजीको प्रयोग भएका कारण यो एसयूभीको चारै चक्कामा चारवटा फरक फरक मोटर रहेको छ । जसको प्रत्येकको पावर २४० किलोवाट तथा म्याक्सीमम टर्क ४२० न्यूटन मिटरको रहेको छ । यो एसयूभीमा बीवाइडीको प्लेड ब्याट्री टेक्नलोजी तथा नन् लोड वियरीङ बडी रहेको छ ।
कम्पनीले यो एसयूभीमा आइस एण्ड स्नो, फिक्सड सर्कल, डेजर्ट स्लोप, १२० किलोमिटर प्रतिघण्टा स्पीडमा कुद्ने फ्ल्याट टायर, यूटर्न अन स्पर्टका साथै फ्टीङ वाटर ड्राइभिङ मोड पाउन सकिन्छ । अत्याधुनिक फिचरयुक्त यो एसयूभीको मूल्य १० लाख युवान पर्ने अनुमान गरिएको छ ।
याङवाङको यू९ सुपरकार
बीवाइडीले बिहीवार सरप्राइजको रुपमा याङवाङको यू९ सुपर कारसमेत लन्च गरेको छ । यो कारमा पनि इसिफ्याङ पावर सिस्टमको प्रयोग भएको छ । यो कार जम्मा २ सेकेन्ड मै शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्छ ।

याङवाङका अनुसार यो कारमा “गेट अफ टाइम एण्ड स्पेश” डिजाइन ल्याङ्वेजको प्रयोग भएको छ । यो कारको द्रुत गतिमा गुड्ने मात्र नभई सुपर कारमा हुनै पर्ने सेफ्टी र कम्फर्टलाई उतिकै ध्यान दिएर बनाएको हो ।
बीवाइडीको आर एण्ड डी टिमले यो कारका लागि एक्सट्रीम सेफ बडी स्ट्रक्चर बनाएको दावी गरेको छ । कम्पनीले यसलाई मिलियन लेभल सुपरकार भनेकाले यसको मूल्य १० लाख युवानको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

