डाउन पेमेन्ट नै नगरी इलेक्ट्रीक स्कुटर किन्न सकिने

काठमाडौं । स्कुटर किन्न चाहनेलाई लक्षित गर्दै ईभी नेपाल मोटर्सले डाउन पेमेन्ट विना नै स्कुटर किन्न सकिने स्कीम ल्याएको छ । लेभनिङ इलेक्ट्रीक स्कुटर विक्रेता कम्पनी ईभी नेपाल मोटर्सले अग्रेजी नयाँ वर्षको अवसरमा शून्य प्रतिशत डाउन पेमेन्टमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले लेभनिङका इलेक्ट्रीक स्कुटरको खरिदमा मोडल नीती शाहसँग डिनर गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, एलओडी क्लबको फ्रि टिकट तथा अनलिमिटेड फुड कुपन पनि पाउने छन् । कम्पनीको तर्फबाट आकर्षक गिफ्ट समेत प्राप्त गर्न सकिने जनाइएको छ ।

यो योजना ईभी नेपाल मोटर्सको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ईभी नेपाल मोटर्सले २ लाख ९ हजार रुपैयाँदेखि माथि ५ लाख ६० हजार रुपैयाँसम्मका इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ ।

बोस मोटर, सामसुङको लिथियम आयन ब्याट्री भएका र सजिलै चार्ज गर्न सकिने ब्याट्रीका विभिन्न मोडलका लेभानिङ स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।

लेभनिङका शोरुम हाल नक्साल, टेकु, भैसेपाटी, बाफल, गाभाल, भक्तपुर र उपत्यका बाहिर बनेपा, जनकपुर, भर्तामोड, बुटवल, पाल्पा, पोखरा, सुर्खेत र धनगढीमा काठमाडौं उपत्यकामा रहेका छन् ।


Back_to_top