काठमाडौं । चिनियाँ व्याट्री र इलेक्ट्रीक कार उत्पादक कम्पनी विवाइडीले इकोस्पोर्टको झल्को दिने ‘यूआन प्रो’ इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । विवाइडीले आफ्नो नयाँ प्ल्याटफर्म ‘ड्रागन फेस ३.०’मा उत्पादन गरेको यो एसयूभी चीनको बजारमा विक्री सुरु गरेको हो ।
सानो परिवारका मानिसलाई कम मूल्यमा विद्युतीय गाडी दिने योजना अनुसार विवाइडीले यूआन प्रो बजारमा ल्याएको जनाएको छ ।

कम्पनीले ३८.९ किलोवाट आवर र ५० किलोवाट आवरको दुई व्याट्री अप्सनमा नयाँ गाडी बजारमा ल्याएको हो । सनो व्याट्रीले ३०० किलोमिटर र ठूलो व्याट्रीले ४०० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने जनाइएको छ ।
यूआन प्रोमा विवाइडीको व्ल्याड लिथियम आइरन फस्फेट व्याट्री दिइएको छ । गाडीको इन्टेरियरमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको डिजिटल क्लष्टर पाउन सकिन्छ ।

