काठमाडौं । विवाइडीको आधिकारीक वितरक साइमेक्स इङ्कले नेपाल ल्याएको इ-६ को नयाँ जेनेरेशन मोडल सर्वाधिक रेञ्जको कारण चर्चामा रहेको छ । विश्वकै तेस्रो ठूलो व्याट्री निर्माता पनि भएकोले विवाइडीका कार तथा बसहरु विश्वमा नै चर्चित रहेका छन् ।
सन् २०१७ बाट विवाइडीका गाडी नेपाल आउन थालेको हो । सुरुमा नेपाल आएको विवाइडी इ-६ को नयाँ जेनेरेशन मोडल निकै आकर्षक रहेको छ । कम्पनीले यसको अहिले टेष्ट ड्राइभ गराइरहेको छ । यसको मूल्य ६० लाख हाराहारी रहने कम्पनीले जानकारी दिएको छ ।

विवाइडी इ-६ मा ७१.७ किलोवाट आवरको नयाँ टेक्नोलोजीमा आधारित ‘व्लाड व्याट्री’ उपलब्ध रहेको छ । डब्ल्यूएलटीसीको अनुसार यो व्याट्रीलाई फुलचार्ज गर्दा सहरी क्षेत्रमा ५२० र हाइवेमा ४१५ किलोमिटर गुडाउन सकिन्छ । नेपालमा उपलब्ध कार मध्ये यो सबैभन्दा धेरै रेञ्ज प्रदान विद्युतीय गाडी हो ।
४० किलोवाटको एसी चार्जरले २ घन्टामा नै यसलाई फुल चार्ज गर्न सक्नेछ । यसलाई ६.६ किलोवाटको एसी सामान्य चार्जरले १२ घन्टामा फुल चार्ज गर्छ । यसलाई ६० किलोवाटको डिसी सिसिएस २ चार्जरले ९० मिनेटमा फुल चार्ज गर्ने कम्पनीले दावी गरेको छ ।

विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको विवाइडी इऔ६ को नयाँ जेनेरेशन मोडलमा चालक सहित सबै प्यासेन्जरको सुरक्षाको लागि एयरव्याग, थ्रि प्वइन्ट सिटवेल्ट, चालक र सबै यात्रुको लागि सिटवेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट, चिल्ड्रेन सेफ्टी लक, रिमोट लक, स्मार्ट कि सिस्टम, स्पीड सेन्सिङ्ग अटोमेटिक डोर लक, रियर भ्यू क्यामेरा, रिभर्स राडार, लो स्पीड बीप जस्ता फिचर दिइएको छ ।

भ्यान्टिलेटेड डिस्क ब्रेक, इलेक्ट्रीक पावर स्टेरिङ, एबीएस, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम जस्ता विशेषता यसमा पाउन सकिन्छ । पूर्णत नयाँ डिजाइनको एक्सटेरियर दिइएको इऔ६ मा १७ इन्चको अलोय ह्वील, हेलोजिन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट पाउन सकिन्छ ।

कालो कलरले सजिएको क्याविन, ड्यासबोर्डमा दिइएको स्पीड लिमिट रिमाइन्डर डिभाइस, ५ इन्चको टिएफटी डिस्प्ले, बाहिरी वातावरणको टेम्पेचर डिस्प्ले, स्टेरिङमा दिइएको भ्वाइस कमाण्ड बटम, १०.१ इन्चको रोटेड फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पीकर, ४ किसिमले एड्जस्ट गर्न मिल्ने स्टेरिङ, अटोमेटिक एसी नयाँ जेनेरेशन इऔ६ का मुख्य विशेषता हुन् ।

यात्रालाई आरामदायी बनाउन लेदर सिट, अगाडि बस्ने प्यासेन्जर र चालकको लागि ६ तरिकाले आवस्यकता अनुसार मिलाउन मिल्ने सिट, मल्टी लिंक सस्पेन्सन पाउन सकिन्छ ।


