पाँच महिनापछि टीभीएसले २ नयाँ बाइक ल्याउने

मिडिया रिपोर्टका अनुसार टीभीएस मोटर कम्पनीले ज्यापलिन कन्सेप्टमा आधारित रहेर दुई वटा मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले २०१८ अटो एक्स्पोमा सार्वजनिक गरेको ज्यापलिन कन्सेप्टमा आधारित रहेर नयाँ मोटसाइकल ५ महिनापछि ल्याउने तयारी गरिएको छ ।

कम्पनीले यी दुबै मोटरसाइकल ५ महिनापछि हुने ‘इन्डियन मोटरिङ्ग शो’मा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले ल्याउने दुबै मोटरसाइकलमा समान २२० सीसी क्षमताको लिक्विड कुल्ड फिउल इन्जेक्सन इन्जिन दिइने अनुमान गरिएको छ । 

कम्पनीले ल्याउने उक्त बाइक एउटा क्रुजर कन्सेप्टमा हुने छ । जसको सिधा प्रतिस्पर्धा बजाज एभेन्जरसँग हुने छ भने अर्को बाइक रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

कम्पनीले ल्याउने क्लासिक मोडलको बाइकमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिने जनाइएको छ । जसले यो सेग्मेन्टमा धेरै राम्रो माइलेज प्रदान गर्नेछ ।  


Back_to_top