४ लाख २९ हजार मूल्यको क्यापाचिनो नेपाली बजारमा, भोलिदेखि विक्री सुरु हुने

काठमाडौं । इलेक्ट्रीक स्कुटर क्यापाचिनो एस नेपाली बजारमा भित्रिएको छ । जम्बो मोटर्सले इलेक्ट्रीक स्कुटर क्यापाचिनो भोलीदेखि विक्री सुरु गर्ने भएको हो ।

जम्वो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ निर्धारण गरेर यो स्कुटर विक्री सुरु गर्ने जनाएको छ । कम्पनीका अनुसार क्यापाचिनो इलेक्ट्रीक स्कुटरलाई एकपटक फुल चार्ज गरेर १४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।

नेपालमा पछिल्लो समय जम्बो मोटर्सले जम्बो तथा ओपाइ ब्रान्डका इलेक्ट्रीक स्कुटरहरू बिक्री गर्दै आएको छ ।

हेटौंडा वेस रहेको कम्पनीले काठमाडौंको नक्साल नागपोखरीमा भोलिदेखि नयाँ सोरुम संचालनमा ल्याउँदै छ भने केही दिन भित्रनै ग्रैहिधारामा अर्को सोरुम संचालनमा ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।


Back_to_top