जेठ १ गतेबाट चारपाङ्ग्रे सवारीको ट्रायल दिन सजिलो हुने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधन संचालन अनुमतिपत्र दिने प्रक्रियालाई परिमार्जन गर्ने भएको छ । विभागले आगामी जेठ १ गतेबाट नयाँ निर्देशिका तयारगरि चारपाङ्ग्रे सवारी साधन चालक अनुमातिपत्र वितरण गर्ने भएको हो ।

यसअघि चालकले कुनै एक स्थानमा गल्तिगर्दा सिधै फेल हुने अवस्था रहेको थियो । अब समग्रमा ७० अंक ल्याउने चालकले अनुमतिपत्र प्राप्त गर्न सक्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ सवारी चालक अनुमतिपत्र वितरण कार्यविधिलाई सहमति दिइसकेकाले यसलाई कार्यान्वयनमा ल्याउन यातायात व्यवस्था विभाग लागेको हो ।

पहिलेभन्दा अब लिखित र प्रयोगात्मक परिक्षामा केहि बदलाव आउने छ । तर, चालकले परिक्षा दिने प्रक्रिया उस्तै हुन्छ ।

यसरी हुन्छ नम्बर बाँडफाँड


Back_to_top