काठमाडौं । बजाजले पल्सर सिरिजको हालसम्म कै ठूलो सीसी क्षमताको मोटरसाइकल पल्सर २५० बजारमा ल्याउने तयारी गरेको छ । संम्भवत आगामी चाडपर्वको समयमा बजाज पल्सर २५० बजारमा आउने छ ।
यस्तोमा विभिन्न रिपोर्टहरुले बजाज पल्सर २५० मा हुने फिचरको बारेमा उल्लेख गरेका छन् । केही समय अगाडि भारतमा टेष्टिङको क्रममा देखिएको पल्सर २५० को चर्चा तिब्ररुपमा भइरहेको छ ।
बजाजले ल्याउने २५० सीसी इन्जिन क्षमताको नयाँ मोटरसाइकलको बारेमा यी ५ नयाँ कुरा रहेको अनुमान गरिएको छ ।
१. नयाँ डिजाइन
हालैमात्र परिक्षणमा देखिएको पल्सर २५० बजाज पल्सर एनएसको भन्दा नयाँ डिजाइन रहेको छ । यसको हेडल्याम्प, टेल सेक्सन, फ्यूल ट्याङक पूर्णरुपमा नयाँ रहेको छ भने यसको एक्जष्ट माथि तिर (अपस्वप्ट) फर्किएको देखिएको छ ।
२. नयाँ इन्जिन
बजाजसँग यसअघि नै २५० सीसी इन्जिन उपलब्ध रहेको छ । कम्पनीले बजाज डोमिनार २५० को प्रयोग नगर्ने जनाइएको छ । यसमा प्रयोग हुने एयर कुल्ड तथा आयल कुल्ड हुनेछ । डोमिनार लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसमा ५ स्पीडको गियरबक्स हुन सक्ने छ ।
३. न्यू प्लेटफर्म
आउँदै गरेको बजाज पल्सर २५० नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । यसको फ्रेम पल्सर २२० र एनएस २०० को तुलनामा मध्यम रहने छ । साथै यसमा टेलिस्कोपिक र मोनोशक सस्पेन्सन सेटअपमा आउने छ ।
४. नयाँ फिचर
यसका केही नयाँ फिचर थप हुने अनुमान गरिएको छ । जस्तै यसमा कम्पनीले फुल डिजिटल क्लष्टर, कनेक्टेड फिचर, डबल च्यानल एबीएस जस्ता फिचरमा आउन सक्ने छ ।
५. मूल्य
कम्पनीले यसलाई बजाज पल्सर २२० एफको मूल्यसँग मिल्दो जुल्दो मूल्यमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसले यामाहा एफजेड २५ तथा जिक्सर २५० लाई कडा टक्कर दिने अुनमान रहेको छ ।

