काठमाडौं । मारुती सुजुकी भिटारा ब्रेजाको नयाँ जेनेरेशन मोडलको जोडतोडले तयारी भइरहेको छ । सन् २०१६ मा पहिलो पटक बजारमा आएको ब्रेजाको २०२० मा सामान्य फेसलिफ्ट गरि नयाँ पेट्रोल इन्जिनमा आएको थियो ।
अब भने भारत र नेपालमा धेरै विक्री हुने मध्येको एक सब फोर मिटर एसयूभीलाई कम्पनीले नयाँ जेनेरेशन मोडलमा ल्याउने तयारी गरेको हो । नयाँ आउने ब्रेजामा रहने धेरै फिचरहरु कम्पनीले बाहिर ल्याइसकेको छ ।
नयाँ जेनेरेशन ब्रेजामा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, कनेक्ट कार फिचर, ६ वटासम्म एयरव्याग, सनरुफ, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्त फिचर उपलब्ध रहने छ ।
अहिले प्रयोग भइरहेको १.५ लिटर पेट्रोल इन्जिनलाई नै निरन्तरता दिइने नयाँ जेनेरेशन ब्रेजामा फोर स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्सको स्थानमा ६ स्पीड अटोमेटिक गियरबक्स रहने छ ।
कम्पनीले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभीलाई यहि वर्षको अन्तिम वा अर्को वर्षको पहिलो क्वाटरमा बजारमा उतार्ने अनुमान गरिएको छ ।

