सनरुफ, मुनरुफ तथा प्यानारोमिक सनरुफमा यस्ता छन् फरक

काठमाडौं । सनरुफ आजकलको आधुनिक गाडीको एक अभिन्न विशेषता भएको छ । यसको वास्तविक आवश्यकता के कति हो भन्ने वहस त छदैँछ तर, पनि सनरुफलाई गाडीमा पाइने एक प्रिमियम फिचरको रुपमा लिने गरिन्छ ।

करिब ९० वर्ष पहिले सन् १९३० मै कारहरुमा सनरुफको प्रयोग भएको पाइन्छ । उक्त समयको सनरुफ एक ढिक्का भएको प्यानल हुने गथ्र्यो । जसले भेन्टीलेटरको रुपमा मात्र काम गर्न सक्थ्यो ।

अहिलेको प्यानारोमिक सनरुफमा दुईवटा प्यानल हुने गर्छ जसमा एकभाग फिक्स झ्याल जस्तै वाहिरको दृष्य हेर्नका लागि हुने गरेको छ भने अर्को भागकाे प्यानल भने खोल्न मिल्ने तथा टिल्ट हुने किसिमको हुन्छ । यसको सहायताले वाहिरको हावा भित्र र भित्रको हावा वाहिर प्रसार गर्न सकिन्छ । अझ भनौ गाडीमा सवार यात्रुहरूले बाहिरै टाउको निकान्न समेत मिल्ने हुन्छ ।

सनरुफको सहायताले गर्मीमा गाडी भित्रको तातोहावा चाँडै निकाल्न सहयोग गर्छ भने जाडो मौसममा घामको किरण क्याविनमा छिराउन सजिलो हुन्छ ।कारमा सनरुफ छ भने क्याविन स्पेस धेरै भएको अनुभव हुन्छ । क्यावीनको कलर जस्तो भएपछि क्याविनमा लाइट धेरै मिल्नेछ र भिजीवीलीटी पनि धेरै पाइनेछ ।

आजकल सनरुफलाई विभिन्न प्रकारमा विभाजन गरिएको हुन्छ । जसमा सामान्य सनरुफ, मुनरुफ तथा प्यानारोमिक सनरुफ समेत रहेको छ ।

सनरुफ

हाइवेमा गाडी चलाइरहदा झ्याल खोल्ने हो भने हावाले धेरै हिर्काउछ तर, सनरुफ खोलेको छ भने क्याविनमा यथेस्ठ हावा छिर्ने छ । यसबाट चालक र प्यासेन्जरले ताजा हावा प्राप्त गर्छन् । अहिले नेपाली बजारमा उपलब्ध टाटा नेक्सन, हुन्डाई भेन्यू तथा कियाको सोनेट जस्ता कम मूल्यका एसयूभीमा समेत सनरुफ उपलब्ध रहेको छ ।

मुनरुफ

मुनरुफ युक्त कारको छतमा ठूलो साइजको सिसा रहेको हुन्छ जसलाई खोल्न मिल्दैन वाहिरको दृष्य मात्र हेर्न मिल्छ, गाडीमा प्रकाश मात्र छिराउन सकिन्छ । यसलाई सनलाइट सेडले ढाकिएको हुन्छ । रेन्ज रोभरको इभोकमा मुनरुफको प्रयोग गरिएको छ ।

प्यानारोमिक सनरुफ

प्यानारोमिक सनरुफ आधुनिक प्रविधि हो । यो ठूलो साइजको सनरुफ हो । प्यानारोमिक सनरुफयुक्त कारमा फ्रन्ट सिट र व्याक सिटको सिलीङ्गसम्म छतमा सिसाले ढाकिएको हुन्छ । जसको सहायताले पछाडि सिटमा पनि यथेस्ट घाम र प्रकाश प्राप्त हुन्छ । नेपालमा उपलब्ध हुन्डाइ क्रेटा, एमजी एचएस, जीप कम्पास तथा टाटा एचफाईभ जस्ता मिड लेबल एसयूभीमा प्यानारोमिक सनरुफ उपलब्ध रहेको छ । सनरुफ युक्त कारहरु सनरुफ अन्यभन्दा २ देखि ५ लाख सम्म महँगो हुने गरेको छ ।


Back_to_top