काठमाडौं । हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एनजीएमले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नगद तथा शून्य प्रतिशत डाउन पेमेन्ट स्कीम ल्याएको हो ।
नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात भन्ने नारासहित विभिन्न स्कीम ल्याएको छ । यस अन्र्तगत ग्राहकले एक्सचेन्ज, स्क्रयाच मार्फत नगद छुट, एक्सचेन्ज जस्ता स्कीम रहेको छ ।
हिरो स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले १० हजारसम्म र लक्की ड्र मार्फत १ लाखसम्म जित्न सकिने छ । त्यस्तै हिरोका मोटरसाइकल तथा स्कुटरहरु शून्य प्रतिशत डाउनपेमेन्टमा समेत माेटरसाइकल खरिद गर्न सकिने छ । त्यस्तै एक्सचेन्ज गर्ने ग्राहकलाई ५ मिनेटमा नै एक्सचेन्ज सुबिधा उपलब्ध गराउनेसमेत कम्पनीले जनाएको छ ।
त्यसैगरि ग्राहकले इन्जिन आयलमा ३० प्रतिशत छुट, ७ प्रतिशत स्पेयर पार्टस्मा छुट, फ्रि हेल्मेट जस्ता सुबिधा रहेको छ । यो योजना हिरोको नेपालभर रहेको आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

