हुन्डाई नयाँ वर्ष योजना सार्वजनिक, एक्सचेन्ज गर्दा १ लाख बोनस पाइने

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ भन्ने नारासहित नयाँ वर्ष योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

त्यस्तै यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले स्क्रयाच कार्ड मार्फत २० हजार रुपैयाँदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगसर १५ हजार बराबरको लोयल्टी बोनस, १लाखसम्म एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्नु सक्नेछन् ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


Back_to_top