स्कुल ड्रपआउट बैज्ञानिक, जसले बनाए पेट्रोल र बिजुली दुबै नचाहिने कार !

काठमाडौं । छोड्नुस् पेट्रोल र डिजेलको मूल्य वृद्धिको चिन्ता । अझ विर्सनुहोस् इलेक्ट्रिक कारलाई प्लगमा जोडेर चार्ज गर्ने कुरा । 

मानिसको दिमागले यी सबै कुरालाई उछिनेर यस्तो प्रविधिको विकास गरेको छ कि, जसले तपाइको कारमा नत फ्युल हाल्नुपर्छ नत कहिँ रोकेर चार्जनै गरिरहनु पर्छ । 

जिम्बाबियन बैज्ञानिक म्याक्सवेल चिकुमबुत्सोले ‘सेथ टेक्नोलाेजी’को माध्यमबाट अटोमोवाइल क्षेत्रमा नयाँ तरङ्ग पैदा गरेका छन् । 

जिम्बाबेको हरारेमा भएको एक शोमा उनले यो नयाँ प्रविधिको विधुतिय कार, हाइब्रिड हेलिकप्टर, ड्रोन र केहि घरायसी उपकरणहरुको प्रोटोटाइप प्रस्तुत गरे । यो प्रविधिले रेडियो फ्रिकोइन्सीलाई इनर्जीमा परिणत गर्छ । 

उनले गरेको नयाँ आविस्कार यसकारण उल्लेखनीय र विशेष छ कि उनको मोटरको सञ्चालन इलेक्ट्रेम्याग्नेटिक वेभ र रेडियो फ्रिक्वेन्सीबाट हुन्छ । त्यस प्रबिधिमा कारलाई रिचार्जको लागि कुनै पनि प्लगमा जोड्न आवश्यक छैन ।

यहाँ रमाइलो कुरा के छ भने, म्याक्सवेल कुनै युनिभर्सीटीका ग्राजुयट बैज्ञानिक होइनन्, उनि त १४ वर्षको उमेरमा स्कुल ड्रपआउट हुन् । उनले यो प्रविधिको व्लुप्रिन्ट आफ्रनै रिसर्च र भगवानको मार्गदर्शनले तयार गरेको बताए ।

यस प्रविधिको हालसम्म व्यवसायीक प्रयोग हुन सकेको छैन किनकि उनले यसको प्याटेन्ट दर्ता अझैसम्म गर्न सकेका छैनन् ।  प्याटेन्ट दर्ता प्रोसेसको लागि उनले न्यूक्लियर साइन्टिस्ट र इलेक्ट्रोम्याग्नेटिक प्रोफेसरहरूको सहयोग लिन खोजिरहेका छन् । 

उनलाई यस प्रोजेक्टमा साउथ अफ्रिकी विजनेशम्यान लुईस कुपेनालाले  १० औं लाख डलर लगानी गरिसकेका छन् । अब उनले यस प्रविधिमार्फत सवारीसाधनको व्यवसायीक उत्पादन सुरु गर्नुपर्ने बताए । 

अँगोलाको सरकार र ब्राजिलको एक प्राईभेट ईनर्जी कम्पनीले केहि सामान खरिद गर्ने संझौतामा हस्ताक्षर गरिसकेको पनि उनले बताए । 

यो बिजुली कारको अवधारणा आम मानिसको सोचाइ भन्दा धेरै माथि रहेको छ । यस्तो खालको प्रविधिको अविष्कार सामान्य मानिसको सोचाइ भन्दा पछि हटेर हुने गर्छ । यस्ता कुराको समाजमा प्रयोग र विश्वासको लागि धेरै समय लाग्छ । पारम्मपरिक इन्धनबाट मोटर चलाइरहेका आम मानिसहरूलाई इलेक्ट्रीक कारमा विश्वास गर्न त अझै गाह्रो छ। 

इलेक्ट्रीक कारको टेक्नलोजी अक्सर प्रायः ठूला ठूला कर्पोरेटहरूले नियन्त्रणमा राखेका छन् किनकि भविष्यमा इन्धनबाट चलाइने सवारीसाधनहरूको उत्पादन वातावरणीय कारणले निषेधित हुनेछ। चाडैनै स्वच्छ पृथ्वीको  पक्षमा सबैले ध्यान दिनेछन्  र स्वच्छ ऊर्जा मार्केट उनिहरूको नियंन्त्रणमा नै रहने छ ।


Back_to_top