काठमाडौं । विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले आफ्नो उत्पादन क्षमता बढाएको छ । चिनियाँ कम्पनीले बढ्दो ब्याट्रीको माग पुरा गर्न आफ्नो प्लान्टको क्षमता वृद्धि गरेको हो ।
चीनको ‘चाइना कन्टेप्रररी एम्पेरेक्स टेक्नलोजी’ (सीएटीएल) अब प्रत्येक एक सेकन्डमा एक सेल ब्याट्री उत्पादन गर्ने क्षमता बनाएको छ । कम्पनीको चिनियाँ प्लान्टबाट अब केबल २.५ मिनेटमा एउटा गाडीलाई आवश्यक पर्ने ब्याट्री प्याक तयार हुनेछ ।
सीएटीएलले विश्वको मुख्य अटोमोवाइल कम्पनीहरु टेस्ला, मर्सिडिज, बीएमडब्लू, एसएआईसी लगायतका ब्राण्डहरुको लागि ब्याट्री सप्लाई गर्दै आएको छ । यसका अलावा चिनियाँ ब्राण्ड नेटा, जिली जस्ता ब्राण्डले पनि उसको ब्याट्री प्रयोग गर्दै आएका छन् ।
कम्पनीको नयाँ प्लान्ट ग्वान्जाओ राज्यमा तयार भएको छ । करिब एक वर्ग किलोमिटरमा फैलिएको उक्त प्लान्ट निकै ठूलो र आधुनिक मानिन्छ । दुई फेजमा तयार भइरहेको प्लान्टको संयुक्त उत्पादन क्षमता ६० गिगावाट प्रतिघण्टा हुनेछ ।
सीएटीएलले नयाँ प्लान्टको पहिलाे फेजकाेला लागि ९६० मिलियन डलर लगानी गरेको छ । अहिले पहिलो फेजबाट भने उत्पादन नै सुरु भएको हो । नयाँ प्लान्टमा ९५ प्रतिशत काम अटोमेसनबाट हुन्छ ।
सीएटीएलले २०२३ को पहिलो ६ महिनामा ९३ गिगावाट प्रतिघण्टा उत्पादन गरकोमा यो वर्षको अन्त्यसम्ममा प्रतिघण्टा २०० गिगावाट आवर ब्याट्री उत्पादन र सप्लाई गर्न सक्षम हुने दावी गरेको छ ।

