सीएटीएलले ल्यायो ४ मिनेटभन्दा कम समयमा ८०% चार्ज हुने ब्याट्री

काठमाडौं । सीएटीएलले आफ्नो चर्चित ब्याट्री ‘शेन्क्सिङ’को तेस्रो जेनेरेशन सार्वजनिक गरेको छ । विश्वकै ठूलो हाइ भोल्टेज ब्याट्री निर्माता सीएटीएलकाे शेन्क्सिङ ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशत चार्ज पुग्न केबल ३ मिनेट ४४ सेकेन्ड मात्रै लाग्नेछ ।

बीवाइडीको सेकेण्ड जेनेरेशन ब्लेड ब्याट्रीले १५०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने ब्याट्री आएको महिना दिन नपुग्दै सीएटीएलले शेन्क्सिङ ब्याट्रीको नयाँ जेनेरेशन मोडल ल्याएको हो ।

नयाँ ब्याट्री १० देखि ३५ प्रतिशत चार्ज गर्न १ मिनेट लाग्छ । १० देखि ८० प्रतिशत ३ मिनेट ४४ सेकेन्ड, १० देखि ९८ प्रतिशत चार्ज गर्न ६ मिनेट २७ सेकेन्ड लाग्नेछ । कम्पनीको दावी अनुसार पावरफुल डिसी चार्जरले नयाँ ब्याट्री चार्ज गर्ने हो भने पेट्रोल भर्नभन्दा निकै छिटो हुनेछ ।

चिनियाँ ब्याट्री जाइन्टले आफ्नो नयाँ जेनेरेशन ब्याट्री चार्ज गर्नको लागि ‘ब्याट्री स्वापिङ स्टेशन’ निर्माणको घोषणा गरेको छ । कम्पनीले कार स्वापिङ सेन्टरहरू चकलेट नामबाट तयार गर्नेछ भने क्यूजी नामबाट ठूला र कमर्शियल गाडीको ब्याट्री स्वापिङ स्टेशन चलाउने छ ।

सीएटीएलले उत्पादन गर्दै आएको अन्य ब्याट्रीको नयाँ जेनेरेशन पनि सार्वजनिक गरेको छ । कम्पनीले क्यूलिन ब्याट्रीको पनि तेस्रो जेनेरेशसन ल्याएको हो । नयाँ जेनेरेशन क्यूलिन ब्याट्रीले ३ हजार किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ ।


Back_to_top