काठमाडौं । पछिल्लो समयमा आफ्नो बिक्री बढाउदै आएको टाटाका कार तथा एसयुभी नेपालका सेलीब्रेटीहरुको पनि रोजाईमा पर्न थालेको छ ।
हालका दिनहरुमा टाटाले बनाएका उत्कृष्ट एक्सटेरियर तथा इन्टेरियर डिजाईनका साथै नयाँ इन्जिन डेभलपमेन्टको कारण भारतीय तथा विदेशी ब्राण्डको गाडीहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमतामा टाटाका गाडीहरु रहेका छन् ।
माल्बिका सुब्बा – टाटा बोल्ड
माल्बिका सुब्बा पूर्व मिस नेपाल तथा चर्चित मिडिया पर्सनालीटी हुन् । उनी कालो कलरको टाटाको बोल्ड चड्छिन् । यो उनको पहिलो गाडीसमेत हो । यो गाडीमा उनलाई डिजाइन, फिचर्स तथा इन्टेरियर असाध्यै मनपरेको बताउँछिन् ।
यसमा रहेको हर्मनको इन्फोटेन्मेन्ट सिस्टम र मल्टीड्राइभको फिचर उनलाई उत्कृष्ट लागेको छ । यसमा रहेको स्पोर्टस मोड, सीटी मोड तथा ईको मोड मध्य प्रायः सिटी मोडमा चलाउने गरेकी छन् । तर हेवी ट्राफिकमा इको मोडमा चलाउने गरेको उनि बताउँछिन् । जसले पेट्रोलको सेभीङ्ग हुनेगरेको कुरा उनले बताईन् ।
प्रीयन्का कार्की – टाटा जेष्ट
नेपाली चलचित्र उद्योगकी चर्चित नायिका प्रीयन्का कार्की प्लाटीनम सिल्भर कलरको टाटा जेष्ट चड्छिन् । उनले यो गाडी खरीद गर्नूभन्दा पहिला कुपण्डोल क्षेत्रमा यो कारको टेष्ट ड्राईभ गरेको र एकै पटकमा यो गाडी मनपरेको बताईन ।
उनलाई यस कारको ग्राउण्ड किल्यरेन्स एकदमै मन पर्छ जुन १७५ एमएमको छ, त्यस्तै म्युजीक सिस्टमको साउण्डको क्वालीटी पनि असाध्यै राम्रो रहेको उनको भनाई छ । उनलाई यसमा रहेको एयर कण्डीसन पनि नीकै उत्कृष्ट लागेको छ, जसले बिरगंजको गर्मीमा समेत जाडोको महसुुस गराएको थियो ।
यसमा रहेको स्पार्टस् मोड हाईवेको ड्राईभमा प्रयोग गर्छिन्, जसले पावर बढाइ फास्ट स्पिडमा चलाउँछ तथा यसको इको मोड सहरको ड्राईभमा प्रयोग गर्छिन जसले पेट्रोलको सेभीङ्ग गराउने उनी बताउँछिन् ।
हरी खड्का – टाटा टीयागो
नेपालको राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरि खड्का सनब्रष्ट अरेन्ज कलरको टाटा टियागो चड्छन् । यो कारको ग्लोबल ब्राण्ड एम्बेस्डर लियोनल मेसी भएको कारण हरी खड्का यो कार चड्ने निर्णय गरेको हुन् ।
अरुकारणमा यसको फेन्टाष्टीको लुक्सपनि हो, उनलाई यो कारमा आकर्षित गराउने अर्को कारण रहेको उनि सुनाउँछन् ।
उनलाई पनि यसकारको हर्मन इन्फोटेन्मेन्ट सिस्टम असाध्यै मन पर्छ । यसको सस्पेनसन राम्रो रहेको छ, जसले यहाँको खाल्डाखुल्डी बाटोमा आरामदायी यात्रामा सघाउ पुर्याउँछ । साथै रिभल्टन इन्जिनले फ्युल इकनोमी तथा लामो यात्रामा समेत ताजा ड्राईभिङ्ग अनुभव गराउने उनले बताए ।
दीपकराज गीरी – टाटा हेग्जा
नेपाली हाँस्यकला जगतका चर्चित कलाकार दीपकराज गिरीले हालै टाटाको हेग्जा गाडी लिएका छन् । टाटा मोटर्स इन्डियाले जागुवार ल्याण्ड रोबर किनेपछि यो गाडी बजारमा प्रस्तुत गरेकोले यसको विकासमा जागुवार ल्याण्ड रोबर कम्पनीको सहयोग रहेको थियो ।
२२०० सीसीको पावरफुल इन्जन रहेको हेग्जामा एबीएस, इबीडी तथा सीक्स एअरव्यागको जस्ता सेफ्टी फिचर रहेको छ, जसले यो गाडी नेपालको अफरोडको लागी एकदम उपयुक्त छ ।
संदीप लामिछाने – टाटा टीगोर
भारतको चर्चित क्रिकेट टुनामेन्ट आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा क्रिकेटर संदीप लामिछानेलाई गत बुधबारमात्र ३ वर्षको लागि ब्राण्ड प्रमोशनमा अनुबन्ध गरेको सिप्रदी ट्रेडिङ्गले उनलाई टाटा टीगोर कार हस्तान्तरण गरेको थियो ।
सत्र बर्षिय संदीपका अनुशार उनी यो कार ड्राइभर राखेर चड्नेछन् । सब–कम्प्याक सेडान सेगमेन्टमा आउने यो कारलाई कम्पनीले स्टाईल ब्याक भन्ने गरेको छ । आधुनिक फिचरहरु बाट सुसज्जित यो कारको डिजाइन पनि संदीप जस्तै निकै स्टाईलीस रहेको छ ।