काठमाडौं । सिएफ मोटोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेशनलले विभिन्न मोडलका बाइक बिक्री गर्दै आएको छ । सन् २०१७ मा नेपाल भित्रिएको अष्ट्रियन ब्रान्ड सिएफमोटोले हाल एनके ४००, एनके ६५०, एसटी पापिओ, ६५० एमटी र १५० एनके गरि ६ बाइक बिक्री गरिरहेको छ । यी मोटरसाइकल स्पोर्टस र नेकेड भर्सनमा रहेको छ ।
२५० एनके ५ लाख २५ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ भने, ४०० एनके ८ लाख ४१ हजार ५ सय र ६५० एनके १५ लाख ५० हजार रुपैयाँमा बिक्री भैरहेको छ ।
यस्तै, एसटी पापियो २ लाख ४१ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ भने एडभेन्चर टुरर बाइक ६५० एमटी १५ लाख ५० हजारमा बिक्री हुँदै आएको छ । १५० सीसी सेग्मेन्टको १५० एन केको मूल्य भने लाख २१ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले बिक्री गर्दै आएको बाइक मध्ये सबैभन्दा सस्तो मोडल हो, एसटी पापियो । ६५० एमटी सिएफमोटोको सबैभन्दा महङ्गो बाइक हो ।
सिएफमोटोका अधिकांश बाइकमा इलेक्ट्रोनिक फ्युल एन्जेक्शन ९इएफआई प्रणाली० युक्त इन्जिन लगाइएको छ । यी बाइक विशेषत, बोच इसीयू, मेटलाइजर टायर, आकर्षक ब्रेक, एडजस्टेबल विन्डस्क्रिन लगायतका विशेषता दिइएको छ । आकर्षक माइलेज दिने यी बाइकलाई, डिजाइन, लुक्स र विभिन्न फिचरका कारण बढी रुचाइने गरिन्छ ।

